८० वर्षको उमेरमा भुमिसराले पाइन् नेपाली नागरिकता

अछाम : जिल्लाको मंगलसेन नगरपालिका -६ निवासी
एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि सो ठाउँकि ८० वर्षकि भुमिसरा भण्डारीले बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन्।
बुधबार प्रमुख जिल्ला अधिकारी आनन्द सारुले भण्डारीलाई नागरिकताको प्रमाणपत्र दिनुभएको हो।
सानै उमेरमा बिवाहा गरेर श्रीमान संगै रोजगारीको सिलसिलामा भारत गएकि उनको ८० वर्षको उमेर पछी मात्रै माइती पत्ता लागेको थियो । माइती पत्ता लागेपछि माइतीको तर्फबाट आवश्यक कागजात संकलन गरेर नागरिकता पाउनु भएको हो ।
८० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरि आफु नेपाली नागरिक भएको भन्दै भण्डारीले खुशी व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद समेत दिनुभयो ।