शेयर बजार पुनः उकालो लाग्यो

शेयर बजार पुनः उकालो लाग्यो

काठमाडौं :  आइतबार नकारात्मक सर्किट लागेर बन्द भएका शेयर बजार सोमबार उकालो लागेको छ  । साताको पहिलो दिन ठुलो गिरावट आएको शेयर बजार सोमबार भने नेप्से ७२.२८ प्रतिशतले बढ्दै  परिसूचक २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको छ  ।

सोमबार बजारमा ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ । कुल १ करोड १९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा उक्त मात्रामा कारोबार भएको हो  आजको बजार वृद्धिमा व्यापारमूलक क्षेत्र, जीवन बीमा, हाइड्रोपावर र उत्पादनमूलक क्षेत्रको धेरै योगदान रहे पनि बजारमा सबै उपसूचकहरुको वृद्धि देखिएको छ ।

बजारमा १ सय ७३ कम्पनीको कारोबार हुँदा १ सय ६६ कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको मूल्य घट्दा २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *