युवा नेता शाहीको सन्देश बृहत्तर एकता र आत्मसमिक्षा , स्पष्ट प्रतिबद्दता गरौं

नेपाल तरुण दलका पुर्व महामन्त्री एवं काङ्ग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले जनताको भावना र युवाको आक्रोशलाई आत्मसाथ गर्दै यो विषम परिस्थितिमा हिजोको गल्ती र कमजोरीलाई समीक्षा गर्नु पर्ने बताउनुभयो ।
सामाजिक संजालमा अपिल गर्दै नेता शाहीले फेरि कहिल्यै गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै फेरि पनि सम्हहालिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन ।
यस्तो छ साहीको अपिल
प्रिय कांग्रेसजनहरू,
हार्दिक अपिल
जनताको भावना र युवाको आक्रोशलाई आत्मसाथ गर्दै यो विषम परिस्थितिमा हिजोको गल्ती र कमजोरीलाई समीक्षा गरी फेरि कहिल्यै गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै फेरि पनि सम्हहालिएर अगाडि बढ्नुको विकल्प छैन।
राजनीतिमा आउने हरेक आरोह, अवरोह, चुनौती र बाधालाई पन्छाएर लोकतन्त्र, स्वतन्त्रता, मानवाधिकार र नागरिकको नैसर्गिक अधिकार रक्षाको लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुहिकता र साझा भावनाका साथ नेपाली काङ्ग्रेसलाइ यो सङ्कट र अप्ठ्यारो घडि बाट पार्टिलाइ जोगाउन, बचाउन हामी एकजुट भएर हिड्नुपर्ने बेला आएको छ।
अहिले एकअर्कालाई हिलो छ्याप्ने बेला होइन। आपसमा लड्ने, भिड्ने, टुट्ने र फुट्ने समय पनि होइन, आपसी मतभेद र झगडालाई बिर्सेर एकजुट हुने समय हो। जतिसुकै कष्ट र संकटपूर्ण बाटो भए पनि धैर्यता र संयमता पूर्वक निराश नबनेर, नबहकिएर, सन्तुलित हुदै गम्भीरतापूर्वक, बुद्धिमत्तापुर्ण र जिम्मेवारीपूर्ण ढंगले अगाडि बढनु आजको दिनमा हामि सबैको साझा कर्तव्य र दायित्व हो ।
हातमा हात, काँधमा काँध मिलाएर नेपाली काङ्ग्रेसमा ब्यापक सुधार र आमुल रुपान्तरण गरेर अगाडि बढ्नुको आजको दिनमा अर्को कुनै विकल्प छैन। जय नेपाल
”आजको आवश्यकता बृहत्तर एकता
सुध्रीने र सच्चिने स्पष्ट प्रतिबद्धता”
भुपेन्द्र जंग शाही