देश खत्तम होइन हेर्दा हेर्दै धेरै विकसित बनेको छ

बिहान उठ्ने वित्तिकै खेतका आलीमा,बारीका पाटामा,खोलाका बगर र खोल्चीहरूमा होइन ट्वाइलेटमा समय बिताउन पाउदा पनि मानिस असन्तुस्ट छन ।
गाउ नगर पहाड मधेश जताततै बाइक र सडक पुग्दा पनि,राम्रा लाउने मिठा खानेहरू जताततै देखिदा पनि सबैका हातमा मोबाइल घरमा टिभी हुदा पनि मानिस निरास छन!हिजोका सामन्ती,भारदार , ठुला व्यापारी र ठुला कर्मचारीका सन्तानहरू मात्र विदेश जान्थे । आज करोडौ नेपाली विदेश जान सक्ने भएका छन ।
हिजोका दिनहरुमा सामन्तीको छोराछोरी अथवा गाउँसमाजका अपबाद कुख्यातहरु मात्र काठमान्डौ आउन सक्थे । आज आम साधारण नेपाली राजधानी र ठुला शहरहरूमा बस्ने पढ्ने काम गर्ने हैसियतमा पुगेको अवस्थालाइ पनि केहि भएन भन्ने ढाटहरू हावी भएका छन । देश खत्तम होइन हेर्दा हेर्दै धेरै बिकसित भइ सकेको छ । नेपालीका जीवन र वसाइमा अनि पहुचमा आमुल परिवर्तन भइ सकेका छन । गरिबको कुरा गर्ने हो भने युरोप र अमेरिकामा पनि गरिब छन , बेरोजगार छन । व्यापार व्यवसायमा समस्या छन ।
भ्रष्टाचार र अनियमितता पदको दुरूपयोग हत्या हिंसा चोरी संसार मै देखिन्छन । आफु ठिक अरू गलत बिकसित देशमा पनि भनिन्छ । खुट्टा तान्ने , आरोप लाउने , भ्रम , हल्ला चलाउने संजाल , राजनिती संसारभर छन । सत्तामा हुदा नगर्ने सत्ताबाट झरे यस्तो गर्छु उस्तो गर्छु भन्ने नेता ,शाशक , दल जताततै छन । बिरोध गर्न प्रमाण नचाहिने । आरोप लाउन , लेख्न , बोल्न प्रमाण नचाहिने जताततै छन । भ्रमलाइ प्रमाण मान्ने । बिना प्रमाणका लेख , आरोप , समाचार सत्य र साचो मान्ने मानिस , समाज संसार मै छन । मानिस हल्ला र भ्रम । डाह , रिस , आवेग , बदला मै रम्ने बाच्ने हिड्ने प्राणी हो भन्ने प्रमाणित भइ सकेको छ । आफु संग सबै कुरा हुदा पनि केहि छैन भएन भन्ने प्राणी रहेछ मानिस । आफ्नै जीवनमा । आफ्नै परिवारमा । आफ्नै समाज , बस्ति , क्षेत्र र देशमा धेरै कुरामा आकाश जमिनको परिवर्तन भइ सक्दा पनि त्यो परिवर्तन र परिणाममा बाचि रहे पनि खत्तम भयो । खत्तम पारे । केहि भएन । केहि गरेनन भनेर रिस पोख्ने । सत्रु साध्ने । तलाइ पख भन्ने बैगुणी प्राणी रहेछ मानिस । उसको जीवनमा । उस्को समयमा । उस्को भविस्यको लागी धेरै प्राप्ति र ग्यारेन्टी भइ सक्दा पनि केहि गरेनन भन्दै उल्टै तिनलाइ खेद्ने देखि नसहने तिन कै कुरा काट्ने तिनलाइ देखाइ दिन्छु भन्दै हिड्ने प्राणी रहेछ मानिस । कति धेरै कुरा पुगी सक्दा पनि । काम नगरी बसी बसी राज्यको पेन्सन थापी थापी बाच्न पाउदा पनि उ असन्तुष्टि प्रकट गर्छ । उ बुढाबुढी मात्र हुने स्थिती आफै बनाउदैछ । देश मै गरि खावो भन्दैन । अरूको देखासिखी गर्दै विदेश सधैको लागी बस्ने गरी छोराछोरी विदेश पठाउछ । नेपालको मंहगो जमिन । महल जस्तो घर । समपन्न अवस्थालाइ केहि होइन केहि छैन भन्दै देशमा बाच्न कमाउन सकिदैन भन्दै सन्तानहरूलाइ विदेश ठेली रहेछ । विदेशमा कसरी बाचेको छ बसेको छ मेरो सन्तान सोच्दैन । उल्टै मेरो सन्तान विदेशमा छ भनेर गर्व गर्छ । आफुलाइ ठुलो र मै हु भन्छ । तर आफ्नो छोरा छोरीले नेपालमा रहदा भन्दा । आफ्नो घर परिवार आमाबाबु संग रहदा भन्दा विदेशमा कता हो कता बढी दुख गरेर समस्या भोगेर डराइ डराइ रोइ रोइ बाचेको छ भनेर सोच्न सकि रहेको छैन मानिस । छोरो विदेशमा छ । छोरी विदेशमा छे भन्ने कुरा नै समपन्नता सम्झन्छ मानिस । सबै भन्दा ठुलो खुशी पाएको र उस्को सपना पुरा भएको ठान्छन मानिस । यथार्तता भन्दा परको कुरामा रम्छ मानिस । बिना प्रमाणका हल्लामा उद्देलित हुन्छन मानिस । बाबुलाइ सराप्छ । बाजेलाइ सराप्छ । अविभावकलाइ सराप्छ । उस्को जीवन र जगतमा कति धेरै प्राप्ति र प्रगति ल्याइ दिनेलाइ सराप्छ मानिस । मानिस सधै विस्वास गर्न नसकिने प्राणी हो । मानिस सधै इमान्दार बन्न नसक्ने प्राणी हो । मानिस सधै त्याग गर्न र मिल्न नसक्ने प्राणी हो । थोरै गरेर धेरै खोज्ने । अरू मरेर आफुले भोग्ने प्राणी हो मानिस । अरूले सधै उस्को लागी गरि दिनु पर्ने तर आफुले पनि केहि गर्नु पर्छ भन्ने नठान्ने प्राणी रहेछ मानिस । आज यस्तै मानिसको भिड यस्तै मानिसको आवाज समाजमा घर घरमा सडकमा संजालमा समाचारमा छापिन्छन । उचालिन्छन । अरूले लडि दिएर । अरूले गरि दिएर । अरूले मरि दिएर । अरूले छोडि दिएर । उ स्थान , सम्मान , सम्वृदि , प्रगति हासिल गर्न चाहन्छ । त्यो नै असल मानिस जनि रहेछ । उ नै निस्वार्थी इमानको व्यक्ति भनि रहेछ । विदेश गएर पठाएर नपुगेर विदेशी गुहारेर विदेशी आइ दिएर । आफ्नो इच्छा पुरा भएको र सत्ता प्राप्त भएको सपना देख्छ । प्रयत्न गर्छ । आज मै राम्रो र असल हु भन्ने मानिस ।
लेखक : राजेश प्रसाद भाट मंगलसैन नगरपालिका -०५ का स्थानीय युवा हुन्