प्रदेश सरकारले ऐन जारी नगरेपछि सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी आन्दोलित

अछाम:स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न सुदूरपश्चिमका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।सुदुरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा स्थानीय सेवा ऐन,नियम निर्माण भई कर्मचारी प्रशासन निक्कै अगाडी बढिसकेको तर सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि ऐन निर्माण नभएको कारणले स्थानीय सेवाका कर्मचारीहरुमा वृतिविकासमा समस्या भएको भन्दै आन्दोलित भएका छन् ।
शुक्रबार प्रदेश राजधानी धनगढी जम्मा भई स्थानीय तहका कर्मचारीहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।बैशाख २८ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरि धनगढी केन्द्रीय आन्दोलन गर्ने निर्णय गरेका छन् ।
ऐन जारी नहुदाँ कर्मचारी प्रशासन सम्बन्धी व्यापक गुनासा भएका कर्मचारीहरुलाइ काम गर्न अप्ठ्यारो परेको कर्मचारीहरुले चरणगत रुपमा दवावमुलक आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन।स्थानीय सेवा कर्मचारी सञ्जाल गठन गरि उनिहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।
पहिलो चरणमा २०८१ चैत २२ गते कालोपट्टी बाधेर स्थानीय तहका प्रमुखबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र सभामुखलाई कानुन जारीका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए । तर सुदूरपश्चिम सरकारले ऐन जारी गर्न कुनै सुरसार नगरेपछि बैशाख २६ गते शुक्रबार देखि कार्यालयको काम ठप्प पारेका छन् ।
