राजकीय सम्मानसहित सीता दाहालको अन्त्यष्टि गरिने
सडक मिडिया
आषाढ २७, २०८० १३:२१:०६ • ३१९ पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टि गरिने भएको छ ।
प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार बिहान ८ : ३३ बजे निधन भएको हो ।
आकस्मिक रुपमा आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्यष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको जनाइन् ।
सिफारिस