अछाममा स्वास्थ्य संस्थामा सुरक्षीत प्रसुती हुनेको संख्या बढ्यो

अछाममा स्वास्थ्य संस्थामा सुरक्षीत प्रसुती हुनेको संख्या बढ्यो

१० वर्ष अघि जम्मा २५ दशुमलव २५ प्रतिशतले मात्रै स्वास्थ्य संस्थामा आएर  सुरक्षीत प्रसुती गराएका थिए भने आर्थिक वर्ष २०७७।०७८ मा यो ८६ दशमलव ६ प्रतिशतले स्वास्थ्य संस्थामा आएर वच्चा जन्माएका छन । यो निकै सकारात्मक पक्ष हो । जिल्ला भरिमा जम्मा ८१ वटा वर्थिङ सेन्टर मार्फत सुरक्षीत प्रसुती सेवा प्रदान भईरहेकोले यसमा उल्लेख्य सुधार भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।

यो संगै अछाममा गत आर्थिक वर्षमा १०९ जना वच्चा मृत जन्मिएका छन । स्वास्थ्य कार्यालय अछामका अनुसार स्वास्थ्य संस्थामा ढिलोगरि पुग्ने, यातायातको असुविधा लगायतका विभिन्न कारणले यो समस्या देखिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय अछाम अन्तरगत जिल्लाभरीमा गत आर्थिक वर्षमा भएगरेका कामकार्यको समग्र अवस्थाबारे जानकारी सहित आगामी योजनाको विषयमा पनि छलफल गरेको थियो । छलफलका क्रममा जिल्लाको समग्र स्वास्थ्य संस्थाहरुको अवस्था विष्लेषण, पूर्ण खोपको अवस्था, परिवार योजना, सुरक्षीत प्रसुती सेवाको अवस्था लगायतका विषयमा कार्यालय प्रमुख ढुंगानाले पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना र जिल्ला स्थित विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *