कमलबजार नगरपालिका प्रमुख यज्ञ ढकालको सुशासनको कथा

कमलबजार नगरपालिका प्रमुख यज्ञ ढकालको सुशासनको कथा

अछाम – स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको तीन वर्ष पूरा भइसकेको छ। सो निर्वाचनमार्फत अछामको कमलबजार नगरपालिकाले नयाँ नेतृत्व पाएको थियो। नेपाली कांग्रेसका तर्फबाट यज्ञ प्रसाद ढकाल नगरप्रमुखमा निर्वाचित भएका थिए।

उनलो कार्यकाल २०७९ साल जेठ ७ गते सपथ ग्रहणसँगै सुरु भएको थियो ।  स्थानीय सरकारको सन्दर्भमा तीन वर्षको अवधि एउटा महत्वपूर्ण मोड हो, जहाँ घोषणापत्रका पानाबाट कामको जगसम्मको यात्रा छुट्याउन सकिन्छ, र वाचा तथा व्यवहारबीचको दूरी मापन गर्न सकिन्छ।

कमलबजार नगरपालिकामा अहिले पनि एउटा अनौठो विरोधाभासको चर्चा परिचर्चा भैरहेको हुन्छ ।  जहाँ नगर प्रमुख यज्ञ प्रसाद ढकालको सुशासन कायम गर्न खोज्दा उनको खुन आलोचना भैरहेको छ। जनप्रतिनिधिहरूको लहरबीच एउटा पात्र यस्ता छन्, जसलाई जनताको सेवा संगै आफ्नै इमान, सिद्धान्त र नीतिप्रति जिम्मेवारीले बाँधेको छ। उनी साधारण देखिन्छन्, शालीन बोल्छन्, तर विचारमा अत्यन्त दृढ छन्। उनी कुनै भिआइपी शैली अपनाउँदैनन्। सरकारी सवारी साधन सार्वजनिक बिदामा प्रयोग गर्दैनन्। कार्यकर्तालाई योजना बाढदैनन्, कसैलाई कोटेशनको लोभ देखाउँदैनन्। काम गर्दा पक्ष विपक्ष हेर्दैनन्। समावेशी अनि न्यायोचित योजना वितरणमा विश्वास राख्छन्। त्यही कुरा अहिले उनको आलोचना भैरहेको छ।

राजनीतिमा इमानदारीले कहिले काँही अप्ठ्यारो पार्छ भन्ने उदाहरण उनी स्वयं बनेका छन् । यज्ञ प्रसाद ढकाल कुनै पूर्वाग्रही सोचका साथ निर्णय लिँदैनन्। न पार्टीको आडमा योजना बाँड्छन्, न नातावादको भरोसामा कर्मचारी भर्ना गर्छन्। तर स्थानीय तहको भित्री राजनीति भने यस्तो सोचसँग तालमेल खाँदैन। धेरैले स्थानीय सरकारको संरचना र विधि नबुझी बहुमत अल्पमतको बहानामा उनलाई असहज बनाउने काम गरिरहेका छन्।

ढकालका लागि काम गर्न सजिलो छैन। उनलाई कहिले राजनैतिक दबाब आउँछ, कहिले प्रत्यक्ष धम्कीको सामना गर्नुपर्छ। उनले जुन सदाचारको बाटो समातेका छन्, त्यसलाई कतिपयले कमजोरीको रूपमा हेरिरहेका छन्। उनीबाट न कोटेशन पाइन्छ, न विशेष सुविधा। उनि प्रति एउटै गुनासो छ यज्ञ ढकाल काम गर्दा नियम कानुनका कुरा गर्छन ।

ढकालको निष्पक्षता, कानूनी प्रक्रिया र विधिको पालना गर्ने शैली आजको राजनीतिमा अपवाद बनेको छ। उनलाई नजिकबाट बुझ्नेहरूलाई यो पद्धति प्रेरणादायी हुन सक्छ, तर कमलबजार नगरपालिकाको साधन स्रोत अनि सुविधा दोहन गरिरहेका अनि सुविधा लिने मनस्थितिमा रहेका केहीको लागि भने टाउको दुखाइ हो। यही कारण, यज्ञ ढकालप्रति आलोचनाको स्वर दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

ईमानदार अनि मनका सफा ढकालको समस्या भनेको कुनै पनि निर्णय गर्दा सल्लाह गर्दैनन्। प्रतिक्रिया तुरुन्तै जनाउँछन्। अनि कहिलेकाहीँ चाँडै भावुक पनि बनिदिन्छन्। सल्लाह नगरि हतारमा निर्णय गरे पनि नियम अनुसार निर्णय गर्छन्। यसकारण सच्चा सुशासन यज्ञ प्रसाद ढकालको कार्यशैली हो, विधिमा अडेको शासन। उनी जनताको मन जित्ने भाषणभन्दा पनि व्यवहारमा विश्वास गर्छन्।

नगरपालिका प्रमुख भए पनि कहिल्यै जनताबीच छुट्टै हैसियत देखाउँदैनन्। सडकमा सर्वसाधारणसँगै उभिन्छन्, घर–घर पुग्छन्। उनले न भाषणमा लोभ देखाउँछन्, न सरकारी स्रोतको दुरुपयोग गर्छन्।

“दुर्भाग्यवश, हालका कमलबजारका धेरैजसो जनप्रतिनिधिहरू नगर प्रमुख यज्ञ ढकालको सिद्धान्त, सोच र कार्यशैलीसँग सहमत देखिँदैनन्। सामाजिक सञ्जालमा सुशासनको भाषण दिने कतिपय वडा अध्यक्षहरू सेतो प्लेटको गाडीमा घुमिरहँदा, नगर प्रमुख ढकाल भने विदाको दिन लिफ्ट माग्दै निजि मोटरसाइकलमा यात्रा गरिरहेका देखिन्छन । यही दृश्यले आजको राजनीतिमा सस्तो प्रचार प्रसारका लागि सामाजिक संजालमा स्टन्ट गर्ने  र  सदाचार प्रतिको समर्पणबीचको खाडललाई स्पष्ट पार्छ। नगर प्रमुख ढकालले सुशासन कायम गर्न अघि सारेका योजनाहरूमा उनका आफ्नै सहकर्मीहरूबाट अवरोध सिर्जना भइरहेको छ। कतिपय निर्णयमा बैठकमा सहमति जनाएर दस्तखत गर्नेहरू नै बाहिर निस्किएपछि सामाजिक सञ्जालमार्फत नगर प्रमुखको आलोचना गर्दै सस्तो लोकप्रियता कमाउने प्रयास गरिरहेका छन । उनी आफूलाई मात्र होइन, अरू जनप्रतिनिधिहरूलाई पनि सुशासन र पारदर्शितामा बाँध्न चाहन्छन्। तर सहयोग भने पाइरहेका छैनन ।

कमलबजार जस्तो नगरपालिकामा, जहाँ धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहर छन्, त्यहाँ यस्ता नेतृत्वको आवश्यकता अझ बढी हुन्छ। विकास योजनाको भागबन्डा भन्दा बढी दीर्घकालीन सोच आवश्यक छ। ढकाल त्यसैको प्रतिनिधि बनेर अघि बढिरहेका छन्।

उनी ठेक्का नदिँदा, कोटेशन बाँडेर मत बाँध्ने प्रयास नगर्दा अहिले ‘मै हुँ’ भन्ने प्रवृत्तिले उनको विरोध गरिरहेको छ। आलोचना भइरहेका छन्, बदनाम गराउने प्रयास भइरहेको छ। तर ढकाल विचलित छैनन्। उनी न हल्लिन चाहन्छन्, न सम्झौता गर्न।

यसरी हेर्दा, कमलबजारले पाएको नेतृत्व अपूर्व छ। यस्ता व्यक्ति शासनको नमुना बन्न सक्छन्, यदि हामीले बुझ्न सक्यौं भने। आज उहाँ आलोचित हुनुहुन्छ, तर भोलि इतिहासले उहाँको  प्रशंसा गर्नेछ।

ढकालको सोच पदको होइन, विचारको मूल्य हो, अझै हाम्रो समाजमा गहिरिएर बसेको छैन। त्यसैले आज उनी असहज छन्, तर सत्यको बाटोमा दृढ छन्। यदि हामी यस्ता इमानदार र सादगीपूर्ण जनप्रतिनिधिलाई साथ दिन सक्यौं भने मात्र शासन प्रणालीको वास्तविक उद्देश्य पूरा हुन्छ, र लोकतान्त्रिक गणतन्त्र बलियो बन्छ। नेतृत्व भनेको पद र हैसियत होइन, विचार र दृष्टिकोण हो भन्ने सन्देश प्रमुख यज्ञ प्रसाद ढकालले व्यवहारमै देखाइरहनुभएको छ।

उहाँको नेतृत्व शैली प्रचारभन्दा काममा केन्द्रित, व्यक्तिगत लाभभन्दा संस्थागत मर्यादामा आधारित, र चाकरीभन्दा कानुनी प्रक्रियामा अडिएको छ। तर विडम्बना, यस्तो सोच अहिलेको राजनीतिक र प्रशासनिक संरचनाभित्र घुलन सकेको छैन। त्यसैले उहाँका इमानदारीपूर्ण प्रयासहरू अवरोधको सामना गरिरहेका छन्।

ढकालले रोजेको बाटो सजिलो छैन। तर त्यही बाटो दीर्घकालीन विकासको आधार हो। उहाँले न आफ्नो पदको आड लिएर लाभ खोज्नुभयो, न अरूलाई त्यस्तो अवसर दिएर गुटबन्दीको खेती गर्नुभयो। उहाँको सोच र शैलीले हामी सबैलाई आत्मसमीक्षा गर्न बाध्य बनाउँछ। के हामी वास्तवमै इमानदार र नीतिप्रधान नेतृत्व चाहन्छौं, कि केवल आफ्नो स्वार्थका लागि सुविधा बाँड्ने सत्ता? यदि हाम्रो प्राथमिकता सिद्धान्तभन्दा मात्र सुविधामा आधारित छ भने, विधिको शासन केवल नारामा सीमित हुनेछ।

तर, यदि हामी ढकालजस्ता इमानदार नेतृत्वको साथ उभिन सक्यौं भने लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने हाम्रो पनि योगदान हुनेछ। सबैको साथ मिल्यो भने ढकालजस्तो नेतृत्वले देशमा सुशासनको नयाँ अध्यायको सुरुवात गर्नेछ। यस्ता नेताहरूको साथ दिन सके मात्र हामी वास्तविक प्रगति र समृद्धिको मार्गमा अघि बढ्न सक्छौं। तसर्थ उनको आलोचना होइन समर्थन गरौ। उनले आफ्नो तिन वर्षको कार्यकालमा उत्कृष्ट काम गरेका छन तिनको प्रशंसा गर्न कन्जुस्याइँ नगरौ।

उनले गरेका राम्रा काम माथी केहि मानिस हरु बाट पर्दा हाल्ने काम भैरहेको छ। कमलबजारमा यज्ञ ढकाल लाइ असल भएको न्यारोटिभ बनाइदै छ। आलोचक ले भनेजस्तो होइन। कमलबजार नगरपालिकामा तिन वर्षमा धेरै काम भएको छ।

नगर प्रमुख यज्ञ प्रसाद ढकालले उप प्रमुख शारदा विष्ट संगको समन्वयमा जनप्रतिनिधि अनि कर्मचारी लाइ साथमा लिएर गरेका काम हरु धेरै छन। कमलबजार नगरपालिका पछिल्लो समय तीव्र विकासका चरण पार गरिरहेको छ।

कमलबजार विमानस्थलको स्तरउन्नति गरी पुनः सञ्चालनमा ल्याइएको छ। यस्तै, गैरिटाँडदेखि कमलबजारको केन्द्र हुँदै तुर्माखाँद गाउँपालिकाको बाकाँडासम्मको २३ किलोमिटर सडक कालोपत्रेको अन्तिम चरणमा पुगेको छ, जसले दुर्गम भेगका नागरिकको आवागमनलाई सरल बनाएको छ।

खानेपानीको दीर्घकालीन समाधानका लागि नगरभित्र डिप बोरिङ सञ्चालन गरिएको छ भने “एक घर एक धारा” अभियानअन्तर्गत सबै वडामा घरघरमा धारा पुर्‍याइएको छ। स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको छ। काठमाडौं मेडिकल कलेजको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने तिलगंगा आँखा प्रतिष्ठान र गेटा आँखा अस्पतालको सहयोगमा आँखासम्बन्धी शिविर सञ्चालन गरी सयौं नागरिक लाभान्वित भएका छन्।

यस्तै, शहरी आँखा केन्द्र पनि कमल्बजार नगरपालिकाको मुकाममा स्थापना गरिएको छ। राष्ट्रिय परिचयपत्रको पहिलो स्टेशन स्थापना हुने पालिकाको रुपमा कमलबजारले देशमै उदाहरणीय पहिचान बनाएको छ। इलाका प्रहरी कार्यालयको सुविधा सम्पन्न भवन निर्माण, द्वन्द्वकालीन खाद्य डिपोको पुनर्स्थापना, चौके गडामा खेलमैदान र कभर्डहलको निर्माणजस्ता योजनाहरूले कमलबजारको समग्र विकासलाई गति दिएको छ।

कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले पछिल्ला तीन वर्षमा जुन कार्यशैली, सोच र इमानदारीका साथ नेतृत्व गरेका छन्, त्यो आजको समयका लागि दुर्लभ र अनुकरणीय छ। उनले विकासका पूर्वाधार तयार गर्नुका साथै शासनको नमुना प्रस्तुत गरेका छन। जहाँ पारदर्शिता, सुशासन, विधि र प्रक्रियालाई पहिलो प्राथमिकता दिइएको छ।

जनताको घरदैलोमै सेवा पुर्‍याउने अभियानदेखि दीर्घकालीन समाधानतर्फको पाइला, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक र प्रशासनिक सुधार सबै क्षेत्रमा उनले समन्वयात्मक ढंगमा काम गरेका छन्। ढकालको नेतृत्वमा कमलबजार नगरपालिका भौतिक मात्र होइन, नैतिक दृष्टिले पनि समृद्ध बनिरहेको छ।

यद्यपि यज्ञ प्रसाद ढकालको इमानदारीपूर्ण प्रयास, सुशासन र सदाचारको अभियानको आलोचना भैरहेको छ। तर यस्तो नेतृत्व नै भविष्यमा सुशासनको मेरुदण्ड बन्नेछ। हामीले आफ्नो स्वार्थभन्दा माथि उठेर यस्ता जनप्रतिनिधिको मूल्याङ्कन गर्न सक्यौँ भने मात्रै लोकतन्त्रको सार्थकता पुष्टि हुन्छ। आलोचनाको भीडमा सत्य र समर्पण गुम्न नदिनु हाम्रो सामूहिक जिम्मेवारी हो।

अत अबको बाटो यज्ञ ढकाल जस्ता निष्ठावान नेतृत्वको साथ उभिने र संस्थागत सुशासनको बलियो जग बसाल्ने हुनुपर्छ, जसले कमलबजार मात्र होइन, सम्पूर्ण देशको राजनीतिक संस्कार परिवर्तन गर्न सक्छ।

Leave a Reply