गजल : अमला अधिकारी

गजल : अमला अधिकारी

छन त सिन्धुली काठमाडौँको नजिक छ
जस्तो कि बुहारी जेठाजुको नजिक छ

भोकै सुतेर खेलौँना किनिदिनु पर्छ
छोरो धनी बच्चाहरूको नजिक छ

घाटबाट मलामी यस्तो पढेर आयो
जिन्दगी सबैभन्दा मृत्युको नजिक छ

भोक चिनेकै छैन, भात पत्याएकै छैन
अझै पनि ऊ आमाबाबुको नजिक छ

मीठो, मसिनुभन्दा टाढा छ मूर्तिकार
मूर्ति भने भेटी र लड्डुको नजिक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *