सुशान्तको मृ’त्युमा जोडियो सलमान खानको नाम, कारण यस्तो रहेछ.. पढ्नुहोस

सुशान्तको मृ’त्युमा जोडियो सलमान खानको नाम, कारण यस्तो रहेछ.. पढ्नुहोस

एजेन्सी : आइतबार बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेपछि यतिबेला यो खबरलाई बिभिन्न संचारमाध्यमले प्रमुख खबर बनाइरहेका छन् । एक उदयमान कलाकारको दुखद नि’धनले यतिबेला सिंगो कला क्षेत्र दुखमा छ भने अर्को तर्फ बलिउडमा मौलाएको नाताबादको अर्को आ’लोचना पनि भैरहेको छ ।

रोजी-रोजी, नयाँ-नयाँ नायिकाहरुलाई बलिउडमा भित्र्याउन माहिर सलमान खान निकै चुजी कलाकार हुन् । पछिल्लो समय उनी निर्माता भएसँगै उनलाई ग्रुपिजम गरेको आ’रोप लागीरहेको छ । आँफुलाई मन परेका कलाकारहरु मात्रै लिन सलमानले सुशान्त सिंह राजपूतलाई त्यति नरुचाएको हालैको एक रि’र्पोटले रहस्य खोलेको छ ।

छोटो समयमा राम्रो सफलता हाँसिल गरेका सुशान्तलाई बलिउडका शीर्ष मानिने ७ निर्माताहरुले आफ्नो चलचित्रमा नखेलाउने भनेर घो’षणा नै गरेको रिर्पोट बाहिर आएको र यो कुरा सुशान्तले ६ महिना अघि थाहा पाएको उक्त रिर्पोटमा उल्लेख छ । सुशान्तलाई एक्ल्इाएर असफल बनाउने सूचिमा सलमानसँगै कारण जोहर समेत रहेको बताइन्छ ।

७ निर्माताहरु संग सुशान्त सिंह राजपूतको सफलतालाई अघि बढ्न नदिन आफ्नो चलचित्रमा नखेलाउने र अरुलाई समेत सुशान्तसंग काम नगर्न आग्रह गरिरहेको सो रिर्पोटमा उल्लेख छ ।

सलमान र करणका अलावा आदित्य चोपरा, एकता कपूर, भुषण कुमार, दिनेश भिजन लगायतले सुशान्तसँग गर्ने ब्यबहारका कारण उनी डिप्रेशसनमा गएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सुशान्तको सफलता देखेर बलिउडमा धेरै जलेका थिए र यसै कारण उनलाई राम्रो ब्यानरमा काम गर्न नदिन खेल खेलिएको भन्दै सो रिर्पोटलाई आधार मानेर भारतीय मिडियामा समाचार प्रकाशित छन् । करण जोहरले सुशान्तसँगको रिसिइभीका कारण उनको चलचित्र ड्राइभ नेट फ्लिक्समा रिलिज गरिदिएपछि सुशान्त थप तनावमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *