कंगनाले उठाइन् प्रश्न: ‘सुशान्तको आ’त्मह’त्या हो या योजनावद्ध ह’त्या ?’

कंगनाले उठाइन् प्रश्न: ‘सुशान्तको आ’त्मह’त्या हो या योजनावद्ध ह’त्या ?’

बलिउडकि अभिनेत्री कंगना रनावतले अभिनेता सुशान्त सिंह राजपुतको आ’त्मह’त्याको बिषयमा प्रतिक्रिया जनाएकी छिन् । स्पस्ट र निडर भएर प्रस्तुत हुने रनावतले राजपुतको घ’टनालाई नाताबादसंग जेडेकी छन् । बलिउडमा बेला बेला चर्चामा आउने नाताबादको बिषयले फेरि एकपटक चर्चा पाएको छ ।

चलचित्र क्षेत्र भन्दा बाहिरबाट आएका कलाकारलाई बलिउडले महत्व नै नदिने भएकाले धेरै कलाकार डि’प्रेशनमा जाने र कतिपयले आ’त्मह’त्याको बाटो अपनाउने गरेको टिप्पणी भैरहेको बेला अभिनेत्री कंगनाले सुशान्तको आ’त्मह’त्याको कारण पनि यहि भएको बताएकी हुन् ।

एक भिडियो सार्वजनिक गर्दै कंगनाले फेरी एकपटक आ’क्रोश व्यक्त गरेकी छिन् । उनले पटक पटक बलिउडमा फस्टाएको नाताबादले धेरैलाई डि’प्रेशनमा जान र आ’त्मह’त्याको बाटो अपनाउने बाध्य बनाएको बताउदै आएकी  बताएकी छन । उनले भिडियोमा भनेकी छन् ‘सुशान्तले आफ्ना पोस्टहरु मार्फत बलिउडमा मेरो गडफादर कोहि पनि छैन, मेरो फिल्महरुलाई माया गरिदिनुहोस भनेर अप्रत्यक्ष रुपमा भन्दै आएको थियो तर यो कुरा कसैले पनि सुनेनन्’

उनले भनेकी छिन्–‘सुशान्त दर्शकलाई आफ्नो चलचित्र हेरिदिन आग्रह गरिरहेका थिए । उनलाई चलचित्र क्षेत्रले आफ्नोपनको आभाष नै गराउन सकेन । ‘छिछोरे’ जस्तो चलचित्रले कुनै अवार्ड पाउँदैन, गल्ली ब्वाई जस्तो बकवास चलचित्रले अवार्ड पाउँछ ।’

कंगनाले अगाडि भनिन्–‘हामीलाई यो चलचित्र नगरीबाट केही पनि चाहिएको छैन । तर, हाम्रो कामको मुल्यांकन किन हुँदैन ?’ कंगनाले आफूले निर्देशन गरेको हिट चलचित्रलाई पनि ज’र्बजस्ती फ्लप भन्ने गरेको भन्दै मुल्यांकन नहुने गरेको बताएकी छिन् ।

कंगनाले सुशान्तको नि’धनबारे प्रश्न उठाउँदै भनेकी छिन्–‘यो आ’त्मह’त्या थियो या योजनावद्ध ह’त्या ?’ चलचित्र क्षेत्रका केही चलचित्रकर्मी र केही पत्रकारले ‘यो क्षेत्रमा तिम्रो केही काम छैन’ भन्ने गरेको र सुशान्तले यो कुरा मानेको कंगनाले बताएकी छिन् । आ’क्रोशित कंगनाले फेरि एक पटक बलिउडमा ‘नाताबाद’ हाबी भएको भन्दै अन्य कलाकारको कामको मुल्यांकन हुन नसकेको टिप्पणी गरेकी छिन् ।

https://www.facebook.com/1530120110612444/posts/2449345292023250/?vh=e

Leave a Reply

Your email address will not be published. Required fields are marked *