काठमाडौंको जग्गाको मूल्याङ्कन बढेन, ललितपुरमा प्रति आना १२ सय

काठमाडौंको जग्गाको मूल्याङ्कन बढेन, ललितपुरमा प्रति आना १२ सय

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७/०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ ।

कोरोना भाइरस -कोभिड-१९) ले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा परिवर्तन गरेको छैन । केहि क्षेत्रको थोरै बढाईएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक गुरुदत्त सुवेदी कोभिड-१९ का कारण यस वर्षका लागि जग्ग्ााको मूल्याङ्कन खासै परिवर्तन नभएको बताउछन् । हाल कायम मूल्यांकन पनि उचित नै भएको उनले बताए ।

हरेक वर्ष जग्गाको मूल्याङ्कन गर्ने सीडीओ नेतृत्वको समितिमा सम्बन्धित जिल्ला समन्वय समिति प्रमुख, करदाता सेवा कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य हुन्छन् । सो क्षेत्रको मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *