घले दम्पत्तिको एमआईटी कलेजले विद्यार्थीलाई १० लाख डलर राहत दिने

घले दम्पत्तिको एमआईटी कलेजले विद्यार्थीलाई १० लाख डलर राहत दिने

अस्ट्रेलियाको उच्च शिक्षा प्रदायक मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि वित्तीय समस्यामा परेका विदेशी विद्यार्थीहरूलाई १० लाख डलर(झन्डै १० कराेड रूपैयाँ) सहयोग गर्ने भएको छ ।

नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले र उनकी पत्नी जमुना गुरुङद्वारा स्थापित यो कलेज अष्ट्रेलियाको नामी उच्चशिक्षा प्रदायक संस्था हो जहाँ करिव ४ हजार बिद्यार्थी अध्ययनरत छन् । एमआईटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीका लागि सहयोगको घोषणा गरेको हो ।

यस्तो सहयोग एमआईटीकै कोर्स अध्ययन गरिरहेका वा फेडेरल युनिभर्सिटीको कोर्स एमआईटीमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रदान हुने कलेजले जनाएको छ । राहत योजना अन्र्तगत एमआईटी कलेजमा अध्ययन गरिरहेका तर लकडाउनका कारण काम नभई बेखर्ची भएका बिदेशी बिद्यार्थीलाई ५ सय डलरसम्म राहत पाउनेछन् ।

एमआईटीको मेलवर्न र सिड्नी दुवै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले यो सुविधा पाउनेछन् । यो योजनामा एक विद्यार्थीले पाँच सय डलरसम्मको सहयोग पाउनेछन् ।
यद्यपि, वितरण मापदण्ड बन्न बाँकी छ ।

एआईटीले विदेशी विद्यार्थीहरुले गरेको योगदानको कदर गर्दै उनीहरुलाई यो संकटको घडीमा सहयोग गरिने बताएको हो । अहिले अष्ट्रेलियामा महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनले पार्टटाइम काम गरेर पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी खोसिएपछि उनीहरु आर्थिक समस्यामा परेका छन् ।

केहि अन्तरास्ट्रिय विद्यार्थीले निकै अफ्ठेरो परिस्थिति सामना गरिरहेका छन् । उनीहरुको आंशिक तथा अस्थाई काम पनि गुमेको छ र स्वदेश जाने स्थिति पनि छैन् । यहाँको बसाइ पनि निकै कठिन भएकाले आफ्ना विधार्थीलाई मानवियताका आधारमा पनि सहयोग गर्नु कर्तब्य भएको एमआइटीले जनाएको छ।

गैर आवाशीय नेपाली संघका पूर्व अध्यक्ष समेत रहेका शेष घले र उनकी श्रीमती जमुना घलेले १९९६ मा स्थापना गरेको एमआइटिमा हाल बिस्वोका बिभिन्न देशबाट चार हजार बिद्यार्थी अध्ययन गरिरहेका छन् । जसमध्ये सन् २०१९ मा सिड्नी क्याम्पसमा एक हजार एक सय र मेलबर्न क्याम्पसमा एक हजार ४ सय बिद्यार्थी भर्ना भएका थिए । एमआइटी फाउन्डेसनले शिक्षा क्षेत्र तथा प्राकृतिक विपदमा परेकाहरुलाई सहयोग गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *