‘आर्यघाटमाई पल्टिखेर सास लिनदेओ’

‘आर्यघाटमाई पल्टिखेर सास लिनदेओ’

पुण्डा सर भाइऔ मेरो लास लिन देओ
आर्यघाटमाई पल्टिखेर सास लिनदेओ

घर रहेन, बार रहेन, नरक भइग जीवन
धैंधैं मुकि स्वर्ग लोगमाई बास लिनदेओ

घामपानी नभनी खेर हलो जोत्याकै हो
मु भोकै छु- मुकी निक्लै गास लिनदेओ

मुटु फाटि टुक्रा भैग्या, हण पन नाङ्गै छ
धर्म होला- मुकी नाप कपास लिनदेओ

जुवाजसो हुन्छ जीवन भन्दा छिया बुवा
धैं त हेरू मुकी एक हात तास लिनदेओ ।

२०७७ बैसाख २६
बाजनपा-५
हाल: चावहिल

Leave a Reply