आज नायिका सुहाना थापाकाे जन्मदिन, ‘ह्याप्पी बर्थ डे सुहाना’

आज नायिका सुहाना थापाकाे जन्मदिन, ‘ह्याप्पी बर्थ डे सुहाना’

आज आफ्नो पहिलो चलचित्र बाट नै सफल र चर्चित बनेकी नव नायिका सुहाना थापाकाे जन्मदिन परेकाे छ । अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी सुहाना २२ बर्ष पुगरे २३ बर्षमा प्रवेश गरेकि छिन ।

निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना‘गुडिया रानी’का नामले पनि चिनिन्छ । २३ वर्षमा प्रवेश गरेकी सुहानालाई जन्मदिनको अवसरमा धेरै चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् । सामाजिक संजालमा सुहानाका शुभचिन्तकहरूले नेपाली चलचित्र क्षेत्रमा सुनैलाे भविश्य भएकि नायिका भन्दै जन्मदिनकाे शुभकामना दिएका छन ।

‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएक सुहानाले डेव्युबाटै अत्याधिक सफलता हासिल गरेकि थिइन । हालसम्म एउटा मात्र चलचित्रमा अभिनय गरेपनि सुहानाले धेरैकाे मन जितेकि छिन । देश बिदेशमा रहेका धेरै नेपालीकाे मन जित्न सफल भएकि छिन ।

उनी हाल दोश्रो चलचित्र ‘ए मेरो हजुर ४’मा काम गर्दैछिन् । यो चलचित्रमा उनको जोडीको रुपमा नायक अनमोल केसीले काम गरिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा सुनैलाे भविश्य भएकि नायिका सुहानालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *