‘नाई नभन्नु ल ६’ मा दुई बर्षा

‘नाई नभन्नु ल ६’ मा दुई बर्षा

नाई नभन्नु ल ६ को छायांकन साउनबाट सुरु भएको छ । विकासराज आचार्यले चलचित्र नाई नभन्नु ल ६ बनाउने तयारी गरिरहेका थिए । तर त्यहि समयमा लकडाउन भएपछि चलचित्रको सम्पूर्ण काम रोकिएको हो । विकासले योजना बनाए अनुसार अब गरिने चलचित्रको छायांकन कोरोनाको प्रभावलाई मध्यनजर गर्दै साउनबाट हुने छ ।

तर लकडाउनपछिको स्थिति कस्तो हुन्छ, त्यो हेरेर मात्र चलचित्रको काम अगाडी बढ्ने बताइएको छ । विकासले नाई नभन्नु ल ६ मा नयाँ ट्वीस्ट ल्याउँदै छन् । यसपटक चलचित्रमा ३ नायिका हुने बताइएको छ ।

विकासले चलचित्रको लागि नायिका बर्षा राउतलाई अफर गरेको बताइएको छ । तर बर्षाले भने यसबारे केहीपनि जानकारी दिएकी छैनन् । यस्तै चलचित्रका लागि विकासले बर्षा सिवाकोटीलाई पनि अफर गरिसकेको बताइएको छ ।

यसरी हेर्दा नाई नभन्नु ल ६ मा २ बर्षालाई एकसाथ देख्ने सम्भावना प्रवल छ । अर्की नायिकाको रुपमा विकासले आँचलको नाम अगाडी ल्याएका छन् । तर उनले चलचित्रबारे आँचलसँग कुरा अहिलेसम्म नगरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *