समाजसेवी शाहद्धारा बयालपाटा अस्पताललाई २ लाख बराबरको सहयोग

समाजसेवी शाहद्धारा बयालपाटा अस्पताललाई २ लाख बराबरको सहयोग

अछाम:समाजसेवी राजेन्द्र बहादुर शाहले बयालपाटा अस्पताललाई सहयोग गरेका छन् । अछाम जिल्लाको साफेबगर नगरपालिका वडा नं. ७ रिडीकोट घर भई हाल काठमाडौंमा बस्दै आएका शाहले अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरी सहयोग गरेका हुन् ।

परोपकारी भावनाले अस्पतालको सहयोगार्थ नागरिक स्तरबाट आर्थिक संकलन चलिरहँदा सोही कार्य अनुरुप शाहले करिब २ लाख बराबरका स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्त्ररण गरेका छन् ।

जसमा २५ लिटर सेनिटाइजर, २ ओटा पि.पि.ई सेट, २ ओटा थर्मागन ,१ हजार ट्याब्लेट पारा सिटामोल, एकसय पन्जा सहयोग गरेका नेविसंघ सिटिईभिटीका उपाध्यक्ष उमेश कुवँर जानकारी दिए ।

समाज सेवामा सक्रिय रहेका शाहले यस्तो कठिन परिस्थितीमा सबैले आ आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने उल्लेख गरे ।

बयालपाटा अस्पताललाई दिर्घकालिन रुपमा संचालन गरिाख्न सबैले सहयोग गर्नुपर्ने समाजसेवी शाहको भनाई छ ।

विभिन्न समयमा हरेक क्षेत्रबाट सकरात्मक सुझाब सहित सहयोग प्राप्त भएकोमा शुखी व्यक्त गर्दै न्याय हेल्थ नेपाल बयालापटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गरिएको बताए ।

Leave a Reply