रहेनन् चर्चित भारतीय अभिनेता इरफान खान

रहेनन् चर्चित भारतीय अभिनेता इरफान खान

एजेन्सी : चर्चित अभिनेता इरफान खानको नि’धन भएको छ । चर्चिच भारतीय अभिनेता खानको नि’धनकाे खबरले संसारभरका शुभचिन्तकहरूलाइ दु’खित बनाएकाे छ ।

मंगलबार अ’चानक अ’स्पताल भ’र्ना भएका इरफानको आज बिहान नि’धन भएको हो । स्वास्थ्यमा स’मस्या देखिएपछि इरफान मुम्बई स्थित कोकिलाबेन अस्पतालमा भ’र्ना भएका थिए ।

उनलाई कोलोन सं’क्रमण भएको बुझिएको छ ।  ५४ वर्षीय खान दुई वर्षदेखि क्या’न्सरको उपचार गरिरहेका थिए । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।  बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए।  गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा नि’धन भएको थियो । कोरोना भाइरस सं’क्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम सं’स्कारमा जान पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *