सादा खाना

सादा खाना

हरियो साग छ !
मुसुरोको दाल छ !
छिर्केमिर्के सिमीको तरकारी छ !
टमाटरको रातो अचार पनि छ ।
तर,
यो समाजले
यस्तो खानालाई
कहिल्यै रंगीन देखेन !
जहिल्यै सादा भनिरह्यो ।
किनभने,
त्यस खानालाई रंगीन बनाउन
कुनै पनि पशुपंक्षीको हत्या गरिएको थिएन !
रगत बगाइएको थिएन !
र आईपुगेको थिएन~
दुई चोक्टा मासु ।

ती पाहुनाहरु पनि के पाहुना ?
जस्ले मासुबिनाको सत्कार रुचाईदिउन् ।
त्यो बिहे पनि के बिहे ?
जहाँ भोज गर्नका लागि~
दुई, चारओटा पशुपंक्षी नढालिउन् ।
यो समाजमा~
दुईचार थरी मासुबिना कुनै पार्टी हुन्न !
उत्सव हुन्न !
भेटघाट हुन्न !
र रमाईलो पनि हुन्न ।

सोच्नुस् त~
पाहुनाको लागि मासु नचाहिने भए,
रमाईलोका लागि पशुपंक्षी नमारिने भए-
तपाईले पालेका पशुपंक्षीलाई गर्ने मायाभित्र
स्वार्थ लुक्ने थिएन ।
त्यपछि,
पशुपंक्षीले समेत सोच्नेथिए होला~
यो घरमा बाघजस्तै डरलाग्दा पाहुनाहरु
आउन छोडेछन् !

आजकल मलाई सादा खाना मन पर्छ !!

✍ विवेक धिमाल, बिराटनगर , फोन: 9865547713

Leave a Reply

Your email address will not be published. Required fields are marked *