गजल – धिरेन अनुपम

गजल – धिरेन अनुपम

यौटा आगो अर्को आँखाको पानी भएर सकियो ।
बचेको सम्बन्धको अस्तु खरानी भएर सकियो।

तिमी फर्की आउछौं भनी यादहरु संगाली बसे
सम्झना मुटुमा अल्झ्यो रुमाल निसानी भएर सकियो।

कहिले आँसुले घोल्नुपर्छ कहिले यादले घोलिनु पर्छ
एक मन थियो त्यो पनि मदानी भएर सकियो।

प्रिय, आँसुले सिरानी भिज्यो,सम्झनाले छाति जल्यो
ओल्टो कोल्टो फेर्दै हर रात बिहानी भएर सकियो।

ति घुम्ती ती बाटा ती सहरले अतीत सम्झना गराए भने
सम्झनु एक अनुपम थियो जो मलामी भएर सकियो।

धिरेन अनुपम
   सुर्खेत

Leave a Reply