गजल : कृष्णप्रसाद अर्याल

गजल : कृष्णप्रसाद अर्याल

पात हिस्सी परेका डाँठमा पानी लागेको।
दियो सङ्केत बिरुवाले जवानी लागेको।

खुट्टा नउचालेरै निधारमै चुम्ने रहेछौ,
फोटो हेर्दा त कति धेरै सानी लागेको।

तिमीले चुम्बन गरेपछि मात्रै त हो नि,
मलाई ऐना हेरिरहने बानी लागेको।

केवल टोकरी थियोे,धन्न तिमी बस्यौ,
त्यै दिनबाट हो दिल फूलदानी लागेको।

केही त बद्नियत छ मेरो छाँयाको,
त्यसैले मेरोपछि जानीजानी लागेको।

यही मुटु हो पटकपटक उत्खनन हुने,
यही मुटु छ सबैलाई खानी लागेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *