मंगलसेनमा प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्वागत तथा बिदाई

मंगलसेनमा प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्वागत तथा बिदाई

चैत, ०७ अछाम: मंगलसेन नगरपालिकामा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहकाे स्वागत तथा बिदाइ भएर जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत लाेकबहादुर शाहीको बिदाइ गरिएको हाे ।

कार्यक्रममा बाेल्दै नगरप्रमुख पदम बहादुर बाेहराले निवर्तमान कार्यालय प्रमुख लाेकबहादुर शाहि अाईसकेपछि नगरपालिकामा फरक अनुभव भएको र काममा निकै सहज भएको बताउनुभयो ।

बिदाइ भएर गएपनि आगामि भविष्य पनि उज्ज्वल रहाेस भन्दै शुभकामना दिनुभयो । नयाँ आउनुभएका प्रशासकीय अधिकृतलाई स्वागत गर्दै एक अर्कालाई सहयोगी भावना सहित आ-आफ्नाे बिज्ञता र ज्ञान प्रस्तुत गरि परिणाम देखाउनुपर्ने बततउनुभयाे ।

नगर उपप्रमु सरिता उपाध्यायले मंगलसेन नगरपालिकालाई राम्रो र नमुना बनाउन सबै जुट्नुपर्ने बताउनुभयो । राम्रो कामका लागि जनप्रतिनिधि र कर्मचारीले सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नया अाएका प्रमु प्रशासकीय अधिकृत ओमकार शाहले राज्यले दिएकाे जिम्मेवारी पूरा गर्न आफु बस्ने अवधिभर ईमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्ने बताउनुभयो ।

यस्तै बिदाइ भएर जाने प्रमु प्रशासकीय अधिकृत लाेकबहादुर शाहिले अनुभव सहितकाे मन्तब्य राख्दै १० महिने वसाई सम्झनलायक भएको बताउनुभयो ।

कार्यक्रममा वडानम्वर ६ का अध्यक्ष जनकराज भण्डारी, ४ का अध्यक्ष पदम बहादुर धामिले स्वागत तथा बिदाइ मन्तब्य राख्नुभएको थियाे ।

नगरकाे प्रशासन उपशाखा प्रमुख बिष्णु प्रसाद जैशिले स्वागत मन्तब्य राख्नुभएकाे कार्यक्रमकाे सञ्चालन नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन-याेजना अधिकृत खकेन्द्र बहादुर साेडारिले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *