मंगलसेन नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीद्वारा सेवा प्रवाह ठप्प

मंगलसेन नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीद्वारा सेवा प्रवाह ठप्प

अछाम – प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारी गर्न दबाब दिन सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दाेलित भएका छन्।

सोही अनुरुप शुक्रबार अछामको मंगलसेन नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारी हरुको संयुक्त भेलाले आजको मितिबाट स्थानीय तहका कामकाज ठप्प पार्ने निर्णय गर्दै सुदुरपश्चिम प्रदेशका राज्य ब्यवस्था तथा सुशासन समिती र मंगलसेन नगरपालिकालाई जानकारी गराएको मंगलसेन नगरपालिका लेखा शाखा प्रमुख बिष्णु प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

भेलाले मंगलसेन नगरपालिका अन्तर्गत आन्दोलन परिचालनका लागी दुर्गा प्रसाद जैशिको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरेको छ भने बैशाख २७ गतेबाट धनगढीमा हुने आन्दोलनको लागी कर्मचारी समेत सहभागी गराउने निर्णय गरेको छ ।

यसअघि पनि कानुन निर्माणको माग राख्दै पटक-पटक कर्मचारीहरूले संर्घष गरेका थिए । यही वैशाख १७ गते प्रदेश कार्यसमितिले प्रदेश अन्तर्गतका सबै पालिका, जिल्ला, प्रदेश कार्य समिति तथा प्रदेश अन्तर्गतका स्थानीय सेवाका सबै कर्मचारीहरूका लागि पत्र जारी गर्दै सङ्घर्षक कार्यक्रममा सहभागी हुन अपिल गरेको थियो ।

 

Leave a Reply