नेपाल तरुण दल अछामको बैठक सम्पन्न

अछाम : नेपाल तरुण दल अछामको बैठक सम्पन्न भएको छ । तरुण दल अछामका अध्यक्ष रमेश बिष्टको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य तपेन खड्का रहनुभएको थियो ।
प्रमुख अतिथिको रूपमा बोल्दै खड्काले नेपाली काङ्ग्रेस पार्टी लाई बलियो बनाउनका लागी सबै तरुण युवा हरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तरुण दलका केन्द्रीय सदस्य कुबेर साउद रहनुभएको थियो । कार्यक्रममा तरुण दल अछामका पुर्व सचिव ललित बिष्ट ,युवा नेता निराजन खड्का ,नेपाली काङ्ग्रेस बान्निगढी जयगढ गाउँकार्यसमिति का सचिव झनक खत्री लगायतको उपस्थित रहेको थियो ।
पदम बयकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम संचालन पुर्ण बुढाले गरेका हुन । बैठकले प्रारम्भिक सदस्यता र पुर्णकालिन सदस्यता बितरणका लागी १० वटै पालिकामा संयोजक समेत तोकेको छ ।