गजल ः शिशिर भट्टराई

गजल  ः शिशिर भट्टराई

आफन्तले चढाउँछन्, आफन्तैले खसाउँछन्
छुट्नुपर्छ भनेपछि उनका आँखा रसाउँछन्

उमेर बढ्दा टाढा हुने मेरो आफ्नै अनुभव छ
बालक छँदा माया गर्न छाती सँगै टसाउँछन्

जूनतारा दिन्छु भन्लान्, सधैँभरि ख्याल राख्नू
कुरा कथ्न जान्नेले त सिंहासनमै बसाउँछन्

ठूलो निधार छ भन्दैमा भाग्य हुन्न याद राख्नू
हातमा ठेला हुनेले पो जिन्दगीभर हँसाउँछन्

मुटु साट्छु भन्न सक्छन्, असम्भव भनिदिनू
मिठो चारो देखाएर चरी जालमा फसाउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *