नेपाली सेनाको गोरख बक्स गणद्वारा गंगा माबिमा डिभिजन (एनसिसी) तालिम सुरु 

नेपाली सेनाको गोरख बक्स गणद्वारा गंगा माबिमा डिभिजन (एनसिसी) तालिम सुरु 

 सुशील भण्डारी,अछाम १४ असार  : अछाममा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल जुनियर डिभिजन (एनसिसी) तालिम सुरु गरेको छ ।

नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको तालिममा मंगलसेन नगरपालिका वडा नम्बर ६  स्थित गंगा  माध्यमिक विद्यालयमा अध्यनरत  ३६ जना विद्यार्थी सहभागी भएका छन् ।
अछाम जिल्ला स्थित नेपाली सेनाको गोरख बक्स  गणका गणपति प्रमुख सेनानी जनक सिलवालले उक्त बिधालयका १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जना छनाेट गरेपछि उनीहरूलाई जुनियर डिभिजन (एनसिसी) १०० दिनको तालिम दिन थालिएको जानकारी दिनुभयो ।
विद्यार्थीको आत्मविश्वास बढाउन, राष्ट्रप्रेम भाव जागृत गर्न, तथा नेतृत्व क्षमता बढाउन तालिमले सहयोग पुर्‍याउने प्रमुख सेनानी सिलवालले उल्लेख गर्नुभयो ।
एनसीसीको तालिम पूरा गर्न केही अप्ठ्यारो भए पनि अन्ततः त्यसले व्यक्ति, समाज र देशलाई असल बनाउने विश्वास उहाँले गर्नुभयो । तालिमका लागि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छनाेट गरिएको थियो ।
तालिमबाट अनुशासित, बफदारिता, इमान्दारिता, राष्ट्रियताको भावाना र नेतृत्वको क्षमता विकास गर्नुका साथै भविष्यमा विपद् तथा उद्दार,हत कार्यमा स्वयम्सेवकको भूमिका निर्वाह गर्न सक्ने दक्ष जनशक्ती उत्पादन गर्ने बिश्वास लिइएको छ ।
बिधालय व्यवस्थापन समितीका अध्यक्ष चक्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका क्याप्टेन रेनुका बुढाथोकी ,वडा अध्यक्ष देबेन्द्र भण्डारी ,निवर्तमान वडा अध्यक्ष जनकराज भण्डारी ,पत्रकार सुशील भण्डारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन बिधालयका प्रअ मोतीराम भण्डारीले गर्नु भएकोथियो ।

Leave a Reply