वन्यजन्तु तथा वन पैदावार चोरी निकासी नियन्त्रण गर्न अन्तरक्रिया 

वन्यजन्तु तथा वन पैदावार चोरी निकासी नियन्त्रण गर्न अन्तरक्रिया 
अछाम : अछाममा वन्यजन्तु तथा वन पैदावार चोरी निकासी नियन्त्रण गर्न जिल्लाका सरोकारवाला निकायहरूबीच अन्तरक्रिया गरिएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुराको आयोजनामा
खप्तड राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रमा रहेको वन क्षेत्रको साथै समग्र अछाम जिल्लामा हुने वन्यजन्तुको चोरीसिकार बन्यजन्तुको आखेटोपहार ओसारपसार वन पैदावरको चोरी निकासी लगायतका विषयमा सरोकारवाला हरु संग अन्तरक्रिया गरिएको हो ।
निकुञ्जले आयोजना  गरेको जिल्ला स्तरमा हुन सक्ने वन्यजन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले वन्यजन्तु तथा बन पैदावार चोरी निकासीमा निगरानी बढाउन जोड दिएका छन् ।
खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले यो आर्थिक वर्षको हालसम्म ६ लाख ३ हजार दुई सय राजस्व संकन गरेको छ ।
बिना अनुमति सामुदायिक बन बाट काठ चोरी गरेको आरोपमा १ जना ,आफ्नो उपभोक्ता भन्दा बाहिरको
फुर संकलन गर्न दिएको आरोपमा १ जना र बिना अनुमति बन पैदावर ढुंगा संकलन तथा ओसारपसारमा ७ जना लाई अनुसन्धानको दायरा ल्याइएको खप्तड राष्ट्रिय निकुञ्जका  कार्यालय प्रमुख सरोजमनि पौडेलले जानकारी दिए ।
त्यस्तै निकुञ्जले  कालीज सिकार गरेको आरोपमा एक जना  जंगलमा रात बसि फुरु संकलन गरेको आरोपमा ४ जना लाई पक्राउ गरि तारेखमा छोडिएको छ भने सरकारी जमिन अतिक्रमण गरि स्याउ खेती गरेको आरोपमा दुई जनालाई अनुसन्धानको दायरामा ल्याएको पौडेलले बताए ।
निकुञ्जको ४ वटा पोस्ट सेक्टरहरुमा मात्र सुरक्षार्थ खटिएको नेपाली सेनाको उपस्थित रहेको र बाकी ६ वटा पोस्टहरुमा निकुञ्जका कर्मचारी  मात्र रहेकोले निकुञ्जको सरक्षणमा चुनौती देखीएको छ ।
अछाम जिल्लामा हुन सक्ने वन्यजन्तु तथा वन पैदावार चोरिनिकासी नियन्त्रण गर्न एकाइ अन्तर्गत का सदस्यहरू बिच आपसी समन्वय ,सहकार्य आवश्यक रहेको अछामका  प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले  बताए ।  वन्यजन्तु तथा बन पैदावर चोरी निकासीका घटनामा संलग्न जो कोहि लाई नियन्त्रण लिएर कारबाही गर्नुपर्ने बताए । कार्यक्रममा गोरख बक्स गण अछामका गणपति जनक सिलवाल , डिभिजन बन कार्यालय अछामका डिभिजन अधिकृत जनक पाध्याय जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक,सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपति धनसिंह धामी ,राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख डिलबहादुर चौधरी लगायत सरोकारवाला हरुको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको संचालन खप्तड राष्ट्रिय निकुञ्जका रेन्जर बिध्या थापाले गर्नुभएको थियो ।

Leave a Reply