जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस अछाममा पनि मनाइयो

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस अछाममा पनि मनाइयो

अछाम : जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस
जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा मनाइएको छ । दिवसमा अछाम दरबारबाट प्रभातफेरी सुरु गरेर  अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

सबै प्रकारका जातीय विभेदको अन्त्य र जातीय छुवाछुतलाई बहिष्कार गरौं भन्ने नारासहित विभिन्न सरोकारवाला निकायहरुले दिवसमा एक्येवद्धता जनाएका छन् ।

प्रभातफेरीपछि आयोजित कोणसभामा अछामका प्रजिअ शिवप्रसाद लम्सालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको शुभकामना व्यक्त गर्दै समाज र सार्वजनिक सेवा प्रवाहमा देखिने विभेद र छुवाछुतका घटनालाई कानुनको पहुँचमा ल्याउनु पर्नेमा जोड दिए । समाजमा हुने विभेद र छुवाछुतका घटनालाई अन्त्य गर्न अझै जनचेतनाको खाँचो रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले राज्यले प्रत्याभुती गरिसकेको जातीय भेदभाव र छुवाछुतका घटनालाई सामाजिक रुपमा निरुत्साहित गर्दै लैजानु पर्नेमा जोड दिए । उनले जातीय,बर्गीय र तल्लो जातीको भनेर गरिने सबै खाले विभेद र छुवाछुतका घटनालाई कानुनको दायरामा ल्याउन प्रहरी निकाय कटिवद्ध रहेको उल्लेख गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका नगर उपप्रमुख संगिता रावल सोडारिले

समाजमा कायमै रहेको जातीय भेदभावलाई हटाउन गरिएको विभिन्न आन्दोलनहरुको उपलब्धिको रुपमा ०६३ सालमा छुवाछूतमुक्त राष्ट्र घोषणा गरिए पनि समाजमा छुवाछूत अझै कायम रहेको बताइन् । कुरित कुसंस्कारका विरुद्ध पालिकाले सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको समेत बताइन् ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष झन्कर प्रसाद भाट, दलित अगुवा राधिका भुजेल लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply