प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अछाम द्वारा संचालित विभिन्न योजनाको अनुगमन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अछाम द्वारा संचालित विभिन्न योजनाको अनुगमन

अछाम : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ अछामले अछाम जिल्लाका विभिन्न स्थानीय तहहरुमा संचालन गरेका विभिन्न योजनाको अनुगमन गरिएको छ ।

परियोजनाले आर्थिक वर्ष २०८०/०८१ का लागी संचालन गरेका सिचाइ पुर्वाधार मर्मत सम्भार, बाख्रा जोन तर्फ बाख्रा नश्ल सुधार नमुना स्रोत केन्द्र स्थापना ,नमुना बाख्रा खोर प्रदर्शन कार्यक्रम र उन्नत प्रविधिको बाख्रा खोर निर्माणका लागि अनुदान कार्यक्रमको सञ्चालन गरेको छ ।

अनुगमन टोलिले बाख्रा जोन तर्फ बाख्रा नश्ल सुधार नमुना स्रोत केन्द्र स्थापना ,नमुना बाख्रा खोर प्रदर्शन कार्यक्रमको अनुगमन गरेको हो ।अनुगमनको क्रममा पारदर्शी रूपमा योजना निर्माण गरिएको पाइएको छ ।

परियोजनाले अनुदान दिएपछि नमुना खोर निर्माण हुँदा बाख्रालाई खोरमा बस्न सजिलो भएको घोडासैनी कृषि तथा पशुपन्छि फार्मका संचालक दुर्गा प्रसाद जैसीले बताए । खोर नहुदा पहिले गोठमा बाख्रालाई राख्दा बाख्राला अफ्ट्यारो हुने गरेको उनले बताए । बाख्रा पालन व्यावसाय सञ्चालन गरेर गाउँघरमै रोजगारी पाउँदा जीविकोपार्जनमा निकै सहज भएको उनको भनाइ छ ।

अनुगमनको क्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवरले रोजगारीको लागि भारत लगायतका खाडी मुलुकमा जानू भन्दा आफ्नै ठाउँ विभिन्न पेशा व्यवसाय संचालन गरेर मनग्ये आम्दानी गर्न सकिने बताए । राज्यले कृषि क्षेत्रमा ठुलो लगानी गरेकोले अनुदानको सहि सदुपयोग गरि ब्यवसायमा आत्म निर्भर बन्नु पर्ने बताए ।

परियोजनाले छनौट गरेका बाख्रापालन उपयुक्त क्षेत्र रहेकोले बाख्रापालनलाई व्यावसायिक रुपमा विकास गर्न सके किसानको आयस्तरमा वृद्धि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ अछामका प्रमुख युवराज बिकले
बताए । किसानहरुको लागि बाख्रापालनमा गरिएको लगानीको सदुपयोग गरी व्यवसाय बढाउदै लैजानु पर्ने उनले बताए । 

जेठ १ गते देखि ५ गतेसम्म मुख्य मुख्य कार्यक्रमको अनुगमन कार्य संचालन भएको थियो । अन्य कार्यक्रमको पनि अनुगमन केहि दिनमा हुने परियोजनाले जनाएको छ ।

अनुगमन कार्यक्रममा काेष तथा लेखा नियन्त्रक नरेश भट्ट ,घरेलु तथा साना उघोग कार्यालय अछामका प्रमुख भिम बहादुर सिंह ,जिल्ला समन्वय समिति सदस्य पुर्ण रावल ,जिल्ला समन्वय अधिकारी शिद्दराज जोशी ,

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइका कृषि प्राविधिक पुर्ण प्रसाद ढुंगाना ,खिलराज शर्मा लगायतको उपस्थित रहेकोे थियो ।

 

 

Leave a Reply