अछामका इन्स्पेक्टरद्वय साउँद र जोहारीको विदाइ तथा फेरि भेटौला कार्यक्रम

अछामका इन्स्पेक्टरद्वय साउँद र जोहारीको विदाइ तथा फेरि भेटौला कार्यक्रम

अछाम : अछाम जिल्लामा कार्यरत दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको  छ । प्रहरी प्रधान कार्यालयले हालै सरुवा गरेका इन्स्पेक्टरद्वय राजेन्द्र साउँद र वीरेन्द्र सिंह जोहारीको बिदाइ गरिएको हो ।

उनीहरूलाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले एक कार्यक्रमकाबीच खादा लगाएर बिदाइ गरेका हुन् ।

डीएसपी पाठकले उनीहरूलाई बिदाइ गर्दै नयाँ कार्यक्षेत्रमा कार्यकाल, व्यक्तिगत र व्यवसायी जीवन सफल, समृद्धिको शुभकामना दिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार साउँदको नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरमा सरुवा भएको छ भने जोहारीलाई प्रहरी वृत्त जनसेवा, काठमाडौंमा पठाइएको छ ।

इन्स्पेक्टर साउँद जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत थिए भने जोहारी इलाका प्रहरी कार्यालय कमलबजारमा कार्यरत थिए ।

यहाँ कार्यरत हुँदा उनीहरु दुवै जनाले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply