अछाममा आयुर्वेद स्वास्थ्य सेवा प्रति जनताको आकर्षण बढ्दै

अछाममा आयुर्वेद स्वास्थ्य सेवा प्रति जनताको आकर्षण बढ्दै

अछाम : जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र अछामले गाउँगाउँमा गएर आयुवेर्द स्वास्थ्य शिविर संचालन गरिरहेको छ ।

स्वास्थ्य केन्द्रले जिल्लाको भौगोलिक रुपमा टाढा रहेको रामारोशन गाउँपालिका वडा नम्बर ५ मा आयोजना गरेको निशुल्क आयुवेर्द स्वास्थ्य शिविरमा ४०१ जनाले सेवा लिएकाछन ।

जसमा महिला २८६ जना पुरुष १५५ जना रहेकाछन । १ दिने स्वास्थ्य शिविरमा ४८ जनाले भिडियो एक्सरे सेवा लिएका छन् भने ७१ जनाले प्रयोगशाला सेवा लिएका छन् ।
शिविरमा दम,ग्यास्ट्रिक,पाइल्स ,पत्थरी,स्त्रीरोग ,छाला सम्बन्धि रोग,बाथ रोग,मुत्र रोग आदिको निशुल्क उपचार तथा परामर्श गरिएको जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र अछामका प्रमुख दिपक राज पन्तले जानकारी दिनुभयो  । त्यस्तै उहाँले यो अभियान अन्य पालिका हरुमा पनि संचालन गरिने बताए ।

आयुवेर्द स्वास्थ सेवाको पहुँच बाट टाढा रहेका जनतालाई आयुवेर्द चिकित्सा सेवा दिने उदेश्यका साथ शिविरको आयोजना गरिएको प्रमुख पन्तले भनाइ छ । जिल्ला आयुर्वेद  स्वास्थ्य केन्द्र अछाममा पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
आयुर्वेद   स्वास्थ्य केन्द्र बाट निशुल्क औषधि उपचार हुन थालेपछि सेवाग्राहि हरु खुशी भएका छन्  भने सामान्य खालको बिरामी हुँदा अन्त जाने बाध्यता बाट मुक्त भएकाछन । अहिले यहाँ पुर्वकर्म,पंचकर्म कटिवस्ती ,जानुवस्ती गराउनेहरुको संख्या धेरै छ । आयुवेर्द स्वास्थ्य केन्द्रले दैनिक बिहान् १ घण्टा योग र स्वस्थ जीवन शैलिको लागि अमृत चिदा,पान पनि गराइरहेको    छ । केन्द्रका बैध खडक बहादुर बमले जानकारी दिनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *