ढकारी गाउँपालिका गाउँसभाको १३ औं अधिवेशनको पहिलो बैठक सम्पन्न
 
						अछाम :ढकारी गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ ।
“स्वास्थ कृषि र पुर्वाधार ,ढकारीका बलिया
आधार´´  भन्ने नारालाई साकार पार्न वर्तमान अर्थतन्त्रको संकट र अनियंत्रित महङीबाट नागरिकलाई सुरक्षित र सिथिल अर्थतन्त्र लाई गतिशील बनाउन प्रस्तुत निति तथा कार्यक्रमले
विभिन्न कार्यक्रम लाई प्राथमिकता दिने निति लिएको छ ।गाउँसभाका सभा अध्यक्ष  प्रकाश साउदले  आब २०८१/८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
गर्भवती संग उपाध्यक्ष पोषण कोशेली कार्यक्रम लाई निरन्तरता दिने, ढकारी गाउँपालिका भित्रका कुनै एक बिधालयलाइ छनौट गरि आवासीय बिधालय स्थापना गर्ने ,
बालविवाह न्यूनीकरण सम्बन्धि आवश्यक कानुन निर्माण गरि कार्यान्वयन गर्ने,सामाजिक सुरक्षा भत्ता घर घरमै गएर बितरण गर्न पहल गरिने,
एक गाउँ एक कृषि तथा पशु प्राविधिक ब्यवस्थापन
गर्न गरिएको साझेदारी लाई निरन्तरता दिने ,स्थानीय स्तरमा रहेको कच्चापदार्थ लाई प्रयोग गरि समुह द्वारा सीप विकास तालीम संचालित गरिने लगायतका महत्त्वपूर्ण नीति तथा कार्यक्रम ल्याइएको छ । कार्यक्रममा उपाध्यक्ष नेत्रकला देबि शाहीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
 
  
  
  
 
 
                            
 
                        




