अछाम कारागारमा कैदिबन्दी हरुका लागि १ दिने आँखा स्वास्थ्य शिविर सम्पन्न 

अछाम कारागारमा कैदिबन्दी हरुका लागि १ दिने आँखा स्वास्थ्य शिविर सम्पन्न 

अछाम : जिल्ला कारागार अछाममा  १ दिने आँखा स्वास्थ्य शिविर संचालन गरिएको छ ।  मंगलसेन नगरपालिका र नेपाल नेत्र ज्योति संघ अछामको आयोजना एवं जिल्ला कारागार अछामको समन्वयमा संचालन गरिएको शिविरमा उमेर अनुसार नजिकको पावर कम भएको, मासु पलाएको, आखा पाकेको, मौसम अनुसार आँखाको एलर्जी र न्यून दृस्ठि भएका बिरामीहरु हरुले सेवा लिएका थिए ।

जिल्ला कारागारको बन्दी गृहमा रहेका ६ जना महिला दुई बालबालिका ८२ जना पुरुष गरि ९० जनाको चेकजाँच गरिएको हो । ५० जना लाई निशुल्क चस्मा र आवश्यक परेकाहरुलाई निशुल्क औषधी र  वितरण गरिएको छ । त्यस्तै आँखा सम्बन्धि समस्य देखिएका दुई जनाको अप्रेसन गर्नुपर्ने नेपाल नेत्र ज्योति संघ अछामका सभापति शंकर बहादुर  रावलले जानकारी दिए ।

धेरै कैदीबन्दीहरुको आँखामा समस्या भएकोले शिविर सञ्चालनका लागि नेत्र ज्योति संघ अछामलाइ आग्रह गरेपछि शिविर संचालन गरिएको जेलर इन्द्र चौधरीले बताए । कारागारमा विभिन्न उमेर समूहका कैदी÷बन्दी रहेका र आँखाका विरामी तथा विभिन्न  बिरामीलाई आवश्यकता अनुसार विशेषज्ञ सेवा कारागारले दिदै आएको उनले बताए ।

बन्दी गृहमा रहेका कैदी हरुको स्वास्थ्य लाई ध्यानमा राखेर शिविर संचालन गरेकोमा सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष बिकले धन्यवाद दिनुभयो । साथै उहाँले कैदी हरुलाइ आयआर्जनमा सहजता होस् भन्ने उदेश्यलेन जिल्ला प्रशासन कार्यालयको पहलमा विभिन्न समयमा सीप विकास तालिम पनि संचालन गर्ने गरिएको बताए  । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा बिनोद खनाल लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *