अछामका प्रमुख जिल्ला अधिकारी पोखरेलको भब्य रूपमा बिदाइ

अछामका प्रमुख जिल्ला अधिकारी पोखरेलको भब्य रूपमा बिदाइ

अछाम ,बैशाख २० : अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको  भब्य रूपमा बिदाइ गरिएको छ ।

कर्मचारी संगम अछामका उपाध्यक्ष  खगेन्द्र सोडारिको अध्यक्षतामा भएको बिदाइ तथा फेरि भेटौला  कार्यक्रममा उहाँको सम्मानसहित बिदाइ गरिएको हो । प्रजिअ पोखरेलको गृहमन्त्रालयमा सरुवा भएपछि आयोजना गरिएको बिदाइ तथा फेरि भेटौला कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं  विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी हरुले फुलमाला,अबिर सहित बिदाइ गरेका थिए ।

बिदाइ तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले नागरिकहरुको सेवा गर्न पाउनु जीवनकै महत्त्वपूर्ण सम्पत्ति भएको बताउनुभयो । अछाममा ९ महिनाको समयमा जिल्लाका विभिन्न पालिका हरुमा नागरिक सचेततामुलक कार्यक्रम संगै जिल्लाको विकास निर्माणमा समेत आफ्नो तह बाट सहयोग  गरेको बताउनुभयो ।
त्यस्तै उहाँले कर्मचारी अभावका बाबजुद पनि
नागरिकको सेवामा दिनरात नभनेर खटिएको समेत बताउनुभयो । जिल्लामा कार्यरत रहँदा जिल्ला समन्वय समिति, प्रशासन कार्यालय, जिल्ला सुरक्षा टिम , कार्यालय प्रमुख ,सञ्चारकर्मी,तथा जिल्लाका नागरिकहरुसँगको समन्वय र सद्भावले सेवा प्रवाहमा सहज भएको पोखरेलले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवरले प्रमुख जिल्ला अधिकारी पोखरेलले जिम्मेवारी र अनुभवका हिसाबले पोख्त रहनु भएको बताउनु भयो । पोखरेल अछाममा कार्यरत रहँदा सेवा प्रवाहमा नागरिकहरुलाई सन्तुष्ट बनाउने र कानुनी विषयमा समेत अनुभवी भएकाले जिल्लाको सेवालाई सरलीकरण गर्न सहज भएको कुवरले बताउनुभयो ।  कार्यक्रममा करदाता सेवा कार्यालय अछामका प्रमुख डिल्ली पनेरुको पनि बिदाइ गरिएको थियोे । जिल्ला स्थिति सुरक्षा निकायका प्रमुख हरु,जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थित रहेको उक्त कार्यक्रमको संचालन नायब सुब्बा बिनोद खनालले गर्नुभएको थियो । यस्तै मंगलसेन नगरपालिकाले पनि प्रजिअ पोखरेलको आफ्नो कार्यालयको तर्फबाट बिदाइ गरेको छ । कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले नागरिकहरुको सेवामा क्रियाशील पोखरेलले नागरिकहरुलाई सहज वातावरणमा सेवा प्रदान गरेको अनुभूति जिल्लावासीहरूले गर्नु भएको बताउनुभयो भयो । नागरिकहरुलाई सेवामा सरलीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने र सरल एवं सहज रूपमा नागरिक लाई सेवा दिने उहाँमा कुशल प्रशासक संग हुने गुण भएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *