कर्मचारी संगम अछामद्वारा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

कर्मचारी संगम अछामद्वारा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

अछाम : कर्मचारी संगम अछामको आयोजनामा नयाँ वर्ष २०८१ सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

कर्मचारी संगम अछामका उपाध्यक्ष खकेन्द्र सोडारिको अध्यक्षतामा
भएको कार्यक्रममा प्रमुख अतिथि संगमका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल रहनुभएको थियो ।

कार्यक्रम मा लामो समयदेखि जिल्ला प्रशासन कार्यालय अछाममा कार्यरत नायब सुब्बा  जिबराज उपाध्याय रानीजमरा सिचाइ आयोजना टिकापुर कैलाली सरुवा भएपछि फेरि भेटौला कार्यक्रमको आयोजना गरिएको हो । उपाध्याय लाई मायाको चिनो ,खादा टीका सहित बिदाइ गरिएको थियो भने जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा भएर  नयाँ आएका नायब सुब्बा बिनोद खनाल ,मनबहादुर बडुवाल,पुष्पा भट्ट ,गौरी बोहरालाई स्वागत गरिएको थियोे ।

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले कर्मचारी हरुलाइ आफ्नो जिम्मेवारीलाई व्यावसायिक कुशलताका साथ पुरा गर्न निर्देशन सहित नयाँ वर्षको सम्पुर्णलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक लगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी हरुको उपस्थित रहेको थियो ।

नापी कार्यालय अछामका प्रमुख बिदुर पौडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन संगमका काेषाध्यक्ष टेकराज सिजापतिले गर्नुभएको थियोे

Leave a Reply

Your email address will not be published. Required fields are marked *