नेपाली काङ्ग्रेस संगठन सुदृढ यात्रा :कर्णालीका गाँउ गाउँमा युवा नेता शाही

नेपाली काङ्ग्रेस संगठन सुदृढ यात्रा :कर्णालीका गाँउ गाउँमा युवा नेता शाही

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले संगठन सुदृढीकरण यात्रा गरिरहेका छन् । शाहीले पार्टीको संगठन सुदृढीकरण गर्नका लागि कर्णालीका दश वटै जिल्लाका प्रत्येक गाउँगाउँमा पुगेकाछन ।

‘पार्टीलाई राम्रो बनाउने हामी सबैको दायित्व हो, यसलाई आत्मसात् गर्दै कांग्रेस  संगठन सुदृढ यात्रा गर्न थालेको नेता  शाहीले बताए । उनले संगठन सुदृढीकरण यात्राअन्तर्गत सल्यानको कपुरकोटदेखि हुम्लाको सिमिकोटसम्म पुग्ने योजना बनाएका छन्। कांग्रेसको गौरवपूर्ण इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान र वर्तमान पुस्ताको ऊर्जालाइ अभिवृद्धि गर्नु अभियानको उद्देश्य रहेको शाहीले बताए। यात्राका क्रममा अग्रज पुस्तादेखि युवा पुस्तासम्मको भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउने प्रयास गरिने उनले बताए।

संगठनलाई बलियो र सशक्त बनाउँदै पार्टीलाई थप उर्जाशील र गतिशील बनाउनु अभियानको मूल उद्देश्य हो, पार्टीलाई चलायमान र जागृत गर्दै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरुका नेता, पार्टीका कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्ने प्रयास यात्राको क्रममा गरिनेछ,’ शाहीले भने।

पार्टीलाई जनतासँग र जनताको भावनालाई पार्टीसँग जोड्न आफ्नो अभियानले भूमिका खेल्ने उनले बताए। यात्राका क्रममा पार्टीको तल्लो तहमा रहेको नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने, उनीहरुबाट आएका रायसुझाव पार्टीलाई दिईने उनले जानकारी दिए।

शाहीका अनुसार पार्टी र लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतीहरु समेत अभियानमार्फत् केलाइने छ। कर्णालीका जिल्लाहरुमा संगठन सुदृढ यात्रा एक महिनाभन्दा बढी चल्ने छ। पहिलो चरणमा पाँच वटा जिल्लामा यात्राको तालिका तय गरिएको अभियानमा सहभागी नेपाली काङ्ग्रेसका युवा नेता बिनोद शाहीले बताए । अभियान कर्णालीका हालसम्म ८ वटा जिल्लामा कार्यक्रम सम्पन्न भइसकेका छन् । बाकी रहेका मुगु र हुम्ला जिल्लामा अभियान हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *