आफ्नो जन्मदिनमा दुःखिको सहारा बन्न तोली पुगिन मेनुका मल्ल

आफ्नो जन्मदिनमा दुःखिको सहारा बन्न तोली पुगिन मेनुका मल्ल

अछाम: वर्ल्ड भिजन इंटरनेसनल नेपालमा अछाम जिल्लामा कार्यरत एक कर्मठ कुशल कर्तव्यनिस्ट कर्मचारी मेनका मल्ल सिंहले आफ्नो जन्मदिनको अवसरमा यस वडामा जोखिममा रहेका बालक स्व बिर्ख बिकको २ वर्षको छोरा नरेश बिकलाई आफ्नो व्यक्तिगत तर्फ़बाट सहयोग गर्नुभएको छ ।

ऊक्त सहयोग मा उहाँले यसैबर्ष बिनायक मा भएकाे ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाउनु भएका बिर्ख बि क को पारपवारिक अवस्था नजुक रहेको हुँदा निज बालक नरेशको पालन पोषणमा समस्या नहोस भनि हाललाई मासिक रू १०००/- बाल बचत रहने गरी बैंक खाता सञ्चालन गर्ने र बालकाई आवस्यक पर्ने लत्ताकपडा, पढाईलेखाईका सामग्रि हरु , खेलकुद सामग्रि सहित आफ्नो सन्तानको सरह माया र व्यवहार रहने प्रतिबद्धता गर्नु भएको छ। दुःखको सहारा बन्न पुगेकी मेनुका तोलिका जनताको लागि भगवान जस्तै हुनुभएको छ । मेनुकालाई तोली वडा नं छ का वडा अध्यक्ष कमल रावलको हातबाट प्रशंसा पत्र समेत हस्तान्तरण गरिएको थियो। दुर्गमका क्षेत्रमा बिगत लामो समयदेखि कार्यरत सामाजिक अभियान्ता मल्ल ले बिगतमा पनि रोल्पा मा रहेका 3 जना बालिकाहरुलाई छोरिको रुपमा स्विकार गरि आफ्नो सामाजिक उत्रदायित्व वहन गरिरहनुभएकने छ । ,उक्त महान कार्यको लागी मेनका मल्ल सिंहलाई पञ्चदेवल विनायक नगरपालिका र तोली वडा नं ६ को तर्फ बाट हार्दिक धन्यवाद सहीत जन्म दिनको सुभकामना दिएको कुरा हामी सक्षम बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *