चर्चित गजलकार नारायण काँइलोको मार्मिक गजल

चर्चित गजलकार नारायण काँइलोको मार्मिक गजल

मेरो भलाई नहोस् भनेर साथी सोच्छ
के का लागि सधै मेरो ब’र्बादी सोच्छ

हाम्रो देशका नेता पनि यस्तै न हुन
छेपारोले घर बनाउने कुरा राति सोच्छ

ठुलाले सानोलाई हेप्ने चलन जो छ
झुपडी नउडाउँ कहाँ आँ’धी सोच्छ

थाहा छैन पुरस्कार ठूलो चुनौती हो
उस्ले पुरस्कारलाई उपाधी सोच्छ

म देशको नक्शामा पर्दिन कि के हो ?
अभावले गुज्रिएको कर्णाली सोच्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *