छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

अछाम : अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  आफ्नै १२ वर्षीया छोरीलाई मदिरा सेवन गरेर बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएकोबेला आफ्नै घर भित्र ति पुरुषले आफ्नो सहोदर  छोरीलाई  बलात्कार  गरेको  जिल्ला प्रहरी कार्यालय अछामका  प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

प्रनाउ पाठकका अनुसार ती पुरुषले फागुन २६ गते  शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपी छोरीलाई जवरजस्ती करणी गरेका थिए ।

‘बलात्कार गरेको थाहा पाएपछि पीडित बालिकाको आमाले प्रहरी लाई खबर गरेकी थिइन ।
ती पुरुषमाथि जबरजस्ती करणी मुद्दा दर्ता भई घटनाबारे थप अनुसन्धान थालिएको अछाम प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *