अछाममा दादुरा-रुबेला खोप अभियान सुरु

अछाममा दादुरा-रुबेला खोप अभियान सुरु

अछाममा दादुरा-रुबेला खोप अभियान सुरु भएको छ ।

अछाममा  पनि दादुरा-रुबेला खोप अभियान सुरु भएको छ ।फागुन १३ देखि १७ गतेसम्म चल्ने अभियानको सदरमुकाम  मंगलसेनमा आज एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको हो ।

 

जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा  सुदुरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा ,प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिस्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगाना , वडा नम्बर ५  का वडा अध्यक्ष झन्कर प्रसाद भाट , जिल्ला स्वास्थ्य कार्यालय अछामका  जनस्वास्थ्य अधिकृत  झपटराज ढुंगाना  लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य रावलले खोप अभियानमा कोही पनि छुट्न नहुने भन्दै अनिवार्यरुपमा खोप लगाई दादुरा-रुबेला निवारणका लागि योगदान गर्न आग्रह गरेका छन् ।

अछाममा २३ हजार ३ सय बालबालिकालाई
दादुरा-रुबेलाविरुद्धको खोप लगाइने लक्ष्य भए पनि घरधुरी सर्वेक्षण र भिटामिन ए खाएका बालबालिकाको जिल्लाको सर्वेक्षण अनुसार अछाममा १८ हजार बालबालिकालाई दादुरा-रुबेला खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिस्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिए ।

अछाममा ३४९ खोप केन्द्र रहेका छन् । प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र दुइ जना स्वयंसेवक खटिने ढुंगानाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *