बिपि कोइराला युवा नेतृत्व विकास मञ्च अछामको अध्यक्षमा बिष्ट चयन

बिपि कोइराला युवा नेतृत्व विकास मञ्च अछामको अध्यक्षमा बिष्ट चयन

अछाम : बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च अछामको अध्यक्षमा बलराम बिष्ट चयन भएका छन् ।

नेविसंघ अछामका निवर्तमान सहसचिव समेत रहेका बिष्ट लाई अछामको अध्यक्षमा बिपि कोइराला युवा नेतृत्व बिकास मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले जिम्मेवारी दिएका हुन ।

२०६४ सालमा नेविसंघ बिध्यामन्दिर उमाबि बिनायक को नेबिसंघ इकाई अध्यक्ष र पञ्चदेवल क्याम्पस बिनायक को इकाई अध्यक्ष भएर काम गरेका थिए ।

लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमानै सम्मुन्नत नेपालको सपना देख्ने युवाहरूको नेतृत्व एंव ब्यक्तित्व विकास गर्दै,
जननायक विपि कोइरालावाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणाहरुलाई गाउँ- गाउँमा पुर्याउने उदेश्यका साथ विपि कोइराला युवा नेतृत्व विकास मञ्चको गठन गरिएको हो ।

Leave a Reply