अछाम बहुमुखी क्याम्पसलाई ‘क्युएए’ प्रमाणपत्र

अछाम बहुमुखी क्याम्पसलाई ‘क्युएए’ प्रमाणपत्र

अछाम : सामुदायिक रुपमा सञ्चालित अछाम बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा क्याम्पसलाई ‘क्युएए’ प्राप्त भएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरेको छ । आठ वर्षदेखिको अथक मिहिनेतको प्रतिफलमा क्युएए प्रमाणपत्र प्राप्त गरेको र आगाी दिनको शैक्षिक गुणस्तरीयतामा केन्द्रित हुने क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहराको भनाइ छ ।

लामो समयको मिहिनेत र स्थानीयदेखि सबैको साथ र सहयोगका कारण क्याम्पसले क्युएएको प्रमाणपत्र गरेसँगै आगामी दिनमा थप विषयका कक्षाहरु सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको क्याम्पस प्रमुख छत्रबहादुर विष्टले बताउनुभयो ।

क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तराष्ट्रिय मापन भएकोले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सहज हुने भनाइ छ । क्युएए प्राप्तिमा सबैको साथ र सहयोगमा सफलता प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्तै सहकार्यमा अघि जाने क्याम्पस सञ्चालक समिति उपाध्यक्ष यज्ञराज ढुङ्गानाको भनाइ छ ।

क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुने बताइएको छ । २०७२ भदौबाट विश्श्वविद्यालय अनुदान आयोगसँगको सम्झौतापछि क्युएए प्राप्तिका लागि कार्य थालनी भएको क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा क्युएए फोकल व्यक्ति ध्रुवकुमार शाहीको भनाइ छ ।

गोरखापत्र बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *