नेविसंघका नेता बिकद्धारा अछामका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेविसंघका नेता बिकद्धारा अछामका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अछाम : नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस अछाम क्षेत्र नं• २ का महाधिवेशन प्रतिनिधि टेक बहादुर विकले अछामका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् । अछाम जिल्लाका विभिन्न विद्यालयका कुल १९९ गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उनले विभिन्न शैक्षिक सामग्री वितरण गरेका हुन ।

केही दिन अघि काठमाडौंबाट गृह जिल्ला अछाम गएका विद्यार्थी नेता बिकले ढकारी गाउँपालिका वडा १ गुरुकुल माविमा अध्ययनरत ५३ जना, शिशु सुधार प्राविका ७६ जना, बिधा प्रबोधिनी उच्च मावि ४५ जना तथा त्रिपुरा सुन्दरी मावि २५ जना गरी ४ वटा विद्यालयका १९९ जना जेहेन्दार,आमा बुवा गुमाएका टुहुरा तथा गरिब विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

सेवा नै धर्म हो भन्दै आफूले एउटा असल अभिभावकको रुपमा उक्त कार्य गरेको तथा निरन्तर जेहेन्दार तथा गरिब विद्यार्थीको साथमा रही सामाजिक सेवामा जीवन समर्पित गर्ने प्रण गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *