जिल्ला खाद्य ब्यवस्थापन समिति अछामको बैठक सम्पन्न

जिल्ला खाद्य ब्यवस्थापन समिति अछामको बैठक सम्पन्न

अछाम : जिल्ला खाद्य ब्यवस्थापन समिती अछामको बैठक सम्पन्न भएको छ ।

जिल्ला खाद्य ब्यवस्थापन समितीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकमा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछाममा प्रादेशिक कार्यालय बाट  २०० क्विन्टल अरुवा मोट चामल प्राप्त भएको जानकारी गराइएको थियो ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछाममा आर्थिक वर्ष २०८०/०८१ को लागी प्रादेशिक कार्यालय धनगढी देखी शाखा कार्यालय अछामसम्म स्वीकृत भएको कोटा २००० क्विन्टल भएको ,हालसम्म १५०० क्विन्टल मात्र प्राप्त भएको र आव २०८०/०८१ को मुख्य शाखा कार्यालय राजापुर बर्दियाबाट यश कार्यालयको लागि स्वीकृत कोटा १००० क्विन्टल भएको तर हालसम्म प्राप्त नभएकोले उल्लेखित कोटा अनुसारको खाद्यान्न आपूर्तिको लागी सम्बन्धित कार्यालयमा माग गर्ने र जिल्लालाई उक्त खाद्यान्न अपुग भएकोले थप ३००० क्विन्टल खाद्यान्नको कोटा थप गरि ढुवानीको ब्यवस्थाको लागि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौमा अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामबाट खाद्यान्न बिक्री बितरण गर्दा हालसम्म प्रती ब्यक्ति २५ केजि बिक्री बितरण भएको हुँदा हाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौं बाट प्रती ब्यक्ति १० केजी मात्रै बितरण गर्ने भन्ने निर्देश आएको तर प्रति व्यक्ति १० केजी मात्रै बितरण गर्दा समुदायको न्युनतम आवस्यकता परिपुर्ति नहुने र व्यापक जनगुनासो भएकोले प्रति ब्यक्ति २५ केजि बिक्री बितरण गर्ने , अछाम जिल्लामा खाद्यान्न बिक्री डिपोको रूपमा प्राप्त डिपोहरु अनिवार्य रूपमा मुल्य सुची  राख्ने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *