कोभिड १९ विरुद्ध खोप अभियान संचालन तथा व्यवस्थापन जिल्ला समन्वय समितिको बैठक सम्पन्न

कोभिड १९ विरुद्ध खोप अभियान संचालन तथा व्यवस्थापन जिल्ला समन्वय समितिको बैठक सम्पन्न

अछाम : कोभिड रोग रोकथाम तथा नियन्त्रण एवं कोभिड
१९ विरुद्ध खोप अभियान संचालन तथा व्यवस्थापन जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

समन्वय समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले

कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणका सम्बन्धमा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र सुदुरपश्चिम प्रदेश धनगढीबाट अछाम जिल्लालाई प्राप्त भएको १२ वर्ष माथिका सबै नागरिकलाई दिन मिल्ने कोभिड बिरुद्दको पि भाइजर खोप
६ हजार डोज प्राप्त भएको र अछाम जिल्लाको १० वटै स्थानीय तहले माग गरेको करिब ५० हजार डोज आवश्यक परेको र हाललाई प्राप्त उक्त ६ हजार डोजलाई यस अघि २०८० भाद्र महिनामा संचालन नभएका चौरपाटी गाउँपालिकामा १२ सय डोज,मेल्लेख गाउँपालिकामा १ हजार डोज,रामारोशन गाउँपालिका १२ सय डोज,ढकारी गाउँपालिका १२ सय डोज,तुर्माखाद गाउँपालिका १२ सय डोज र जिल्ला सदरमुकाममा २ सय माघ २५ गते भित्र लगाइ सक्ने गरि खोप अभियान संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै खोप अभियानको सम्पुर्ण व्यवस्थापन तथा संचालन गर्ने कार्य जिल्ला स्वास्थ्य कार्यालय अछाम मार्फत अभियान संचालन गर्ने, तोकिएको समयमा खोप अभियान सम्पन्न गर्न पालिका हरु संग समन्वय गर्ने र कोभिड खोपलाइ प्रभावकारी बनाइ तोकिएको समयमा सम्पन्न गर्न यस अभियानको प्रचारप्रसारका लागी जिल्ला स्थित स्थानीय एफएम रेडियो त अन्य सञ्चारमाध्याम द्वारा जिल्ला स्वास्थ्य कार्यालय अछामले समन्वय गरि ब्यापक प्रचारप्रसार गर्ने निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिस्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

बैठकमा विभिन्न सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *