जंगली जनावर भालुको आक्रमण बाट घाइते दुई किशोरीको हेलिकप्टर बाट उद्वार

जंगली जनावर भालुको आक्रमण बाट घाइते दुई किशोरीको हेलिकप्टर बाट उद्वार

अछाम १० माघ : अछामको रामारोशन गाउँपालिका -५ तडिगैराका दुई जना किशोरी भालुको आक्रमण बाट घाइते भएपछी उपचारको लागि हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

स्थानीय सालिमकोट सामुदायिक बनमा घाँस काट्न गएको समयमा दुई जना किशोरी  १९ वर्षकी पार्वती शाह र २० वर्षकि किरण शाहको बिहानको समयमा जंगली जनावर भालुले आक्रमण गर्दा गम्भीर घाइते बनाएको थियो ।

घाइते दुबै जनाको टाउकोमा गहिरो चोट र शरीरका विभिन्न ठाँउमा चोट देखिएको छ । घाइते मध्य किरण शाह अचेत अवस्थामा र पार्वती शाहको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

जिल्ला प्रशासन कार्यालय अछामको समन्वय तथा सिफारिसमा सुदुरपश्चिम प्रदेश आन्तरिक मामला तथा कानुन मन्त्रालयले आर्थिक व्यहोर्ने गरि नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागी सुर्खेत प्रादेशिक अस्पतालमा लगिएको अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो ।

Leave a Reply