मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने : मन्त्री भट्ट

मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने : मन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राससका सुदूरपश्चिम प्रदेशमा कार्यरत समाचारदाताहरुका लागि आजदेखि कञ्चनपुरमा आयोजित अभिमुखीकरणको उद्घाटन गर्दै मन्त्री भट्टले भन्नुभयो, “समाज र राष्ट्रको परिवर्तन गर्न पत्रकार र पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको छ ।”

समाजले नबुझेको कुरा पत्रकारले बुझेको हुन्छ भन्दै मन्त्री भट्टले त्यसैले समाजलाई कुन दिशामा डो¥याउने र समाजको परिवर्तन कसरी गर्ने भन्ने कुरा पत्रकारलाई थाहा हुने स्पष्ट गरे । यसकारण पत्रकारिता पेसामा लाग्ने मान्छे स्वतन्त्र, स्वाभिमानी र जिम्मेवार हुनु जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले पत्रकारिता पेसालाई जिम्मेवार र मर्यादित बनाउन पत्रकार नै लाग्नुपर्नेमा जोड दिए । उनले पत्रकारलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह पनि गरे ।

सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई नयाँ ढङ्गबाट उचाइमा पु¥याउन समाचारदाताहरुलाई तालिम सुरु गरेको बताए । राससले लुम्बिनी र गण्डकी प्रदेशका समाचारदाताहरुपछि सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरण गर्न लागेको बताए ।

उनले राससले देशका विभिन्न मातृभाषालाई प्राथमिकता दिएको उल्लेख गर्दै मातृभाषामा पनि समाचार सेवा सुरु गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने समाचार लेखनसम्बन्धी यस सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरणमा १८ जना समाचारदाताको सहभागिता रहेको छ ।

Leave a Reply