९ औं राष्ट्रिय योग दिवस अछाममा पनि मनाइयो

९ औं राष्ट्रिय योग दिवस अछाममा पनि मनाइयो

गरौं योग,रहौ निरोगी भन्ने नारा सहित ९ औं राष्ट्रिय  योग दिवस अछाममा पनि मनाईएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मंगलसेनको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले गर्नुभएको थियो भने जिल्ला समन्वय समिती अछामका प्रमुख ललीत बहादुर कुवँर प्रमुख अथिती रहनु भएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा भएको कार्यक्रमा योग गुरु विशेस्वर ढुंगानाले योग अभ्यास गराउनुका साथै योगको बारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मंगलसेनमा वैद्य सुरेन्द्र कटुवालले योगले मानीसका चित्तवृतीलाई निरोध गर्ने भएकाले यस्ले मानीसको जिवन यापन स्वस्थ राख्न महत्वपुर्ण भुमीका खेलेको बताउनुभयो  । योगले एकातिर मानीसलाई निरोगी बनाउन मद्यत गर्ने र दिमागमा भएका भाईरस तथा नराम्रा कुरा हटाई मानीसलाई अनुशासित बनाउनमा ठुलो टेवा पुग्ने उहाको भनाई छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने उहाँको भनाई छ । उहाका अनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रिय हुनुकासाथै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ भने नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललीत बहादुर कुवँरले स्वास्थ्यसबै भन्दा ठुलो धन भएकाले स्वाथ्यका लागी योग लाभदायीक रहेको बताउनुभयो । उहाँले यो दिवसको रुपमा एकदिन मात्रै नमनाएर दैनिक जिवनसँग जोडि कक्षाका रुपान संचालन गर्नुपर्ने बताउनुभयो ।

अछामका प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले योग मानिसलाई मानसिक र शारिरीक रुपमा तन्दुस्त राख्ने भएकाले मानीसले दैनीक जिवन र सामाजिकबाट सक्रियता प्राप्त गर्न सक्ने बताउनुभयो । रिसीमुनी, तपस्यीहरुले योग गरेर नेपालको हिमालय पर्वतबाट सुरु भएको योगलाई प्रचार प्रशारका माध्यामबाट अन्तराष्टीय क्षेत्र सम्म आवज पुगेपछि यो दिवस मनाउन थालिएको उहाँको भनाई छ । योगलाई दैनिकीजिवनका रुपमा अवलकन गर्न सके आर्थिकभार, मनसिक तनाव र शाररिकभारबाट मुक्त हुन सकिने उहाको भनई छ ।

आयुर्वेद स्वास्थ्य केन्दका डाक्टर शन्देश अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला स्थीत विभिन्न कार्यालयका प्रमुख तथा प्रतीनीधी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतीनीधी, कर्मचारी,पत्रकार लगायतको उपस्तीथी रहेको थियो ।

Leave a Reply