प्रहरी निरिक्षक नायक पुरस्कृत

प्रहरी निरिक्षक नायक पुरस्कृत

अछाम:जिल्ला प्रहरी कार्यालय डडेलधुरा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत प्रहरी निरिक्षक कुशुम नायक पुरस्कृत भएका छन् ।

प्रहरी कर्मचारीहरुले संगठनको निति निर्देशन अनुरूप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागिय अडर आदेशको पालना गरिको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी निरिक्षक नायक सहित प्रहरी अधिकृत र जवान गरि ११ जनालाई नगद सहित पुरस्कृत गरेको हो।

आफुलाई दिईएको जिम्मेवारी पूर्ण ईमान्दारी, बफादारी, प्रशंसनिय एवभ अनुकरणीय तवरले कार्य सम्पादन गरेकोभन्दै कदर स्वरुप पुरस्कृत गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *