बालकुमारी घटना : अछामका बिरेन्द्रको अन्तिम संस्कार गरियो

बालकुमारी घटना : अछामका बिरेन्द्रको अन्तिम संस्कार गरियो

अछाम:कोरियन भाषा परिक्षामा सहभागी हुनुपर्ने माग गर्दा प्रहरीको गोली प्रहारबाट मारिएका अछामको चौरपाटी गाउँपालिका १ का बिरेन्द्र शाहको अन्तिम संसार गरिएको छ।

गृह मन्त्रालय र परिवार बिच सहमति भएपछि मंगलबार नेपाली सेनाको स्काई ट्रक मार्फत उनको शव सुर्खेत ल्याईएको र सुर्खेतबाट सेनाकै हेलिकप्टरबाट उनको घर अछामको चौरपाटी गाउँपालिका १ सिउडी पुर्याईएको थियोे । मंगलबार नै उनको बुढीगंगा नदिमा परिवारले हिन्दु संकार अनुसार अन्तिम संसार गरेका छन।

शुक्रबार इपिएसको कार्यालय ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीका २२ वर्षिय विरेन्द्र शाह र दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *